काठमाडौं। साहित्यकार सर्वज्ञ वाग्लेले नयाँ उपन्यास ‘पुनर्वास’ पाठकमाझ ल्याएका छन् । राजधानीमा एक समारोहबीच यो उपन्यासको कांग्रेस नेता रामचन्द्र पौडेललगायतले विमोचन गरे । कार्यक्रममा बोल्दै पौडेलले साहित्यकारहरूका परिश्रम र मिहिनेत सबैका लागि प्रेरणादायी भएको समेत बताए । उनले यो पुस्तकमा सीमाको पीडालाई नाजिकबाट प्रस्तुत गरिएको छ भने । देशमा भएका हरेकखालका राजनीतिक परिवर्तनले आर्दशको सट्टा विकृतिहरू आएका तर्फ सचेत गराउँदै नेता पौडेलले ती विकृतिहरूलाई हटाउन पनि साहित्य र साहित्यकारले अहम भूमिका खेल्ने गरेको बताए ।

राष्ट्रिय सभाका सांसद बद्री पाण्डेले ‘पुनर्वास’ उपन्यासले नेपाल र भारतका सीमाक्षेत्रमा रहेका आमनागरिकले भोगेका अनुभवहरूलाई जस्ताको तस्तै उतारेको बताए । यस्तै, साहित्यकार कृष्ण धरावासीले प्रकृतिसँग, मानव जीवनसँग र अन्य उपयोगी बिम्बहरूले ‘पुनर्वास’लाई मानव जीवनसँग र अन्य उपयोगी बिम्बहरूले पुनर्वासलाई निकै रोचक बनाएको बताए ।

पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बोल्दै राष्ट्रिय सभाकी सांसद इन्दु कँडरियाले पनि प्रस्तुत कृति काल्पनिक नभएर यथार्थतामा आधारित भएको जिकिर गरिन् ।

तपाईको प्रतिक्रिया