प्रिय डेनियल !

मेरो सपनाको राजकुमार !!

मिठो सम्झना,

खै कहाँबाट शुरु गरौं ? जहाँ प्रत्येक शब्द शब्दहरु प्रेमिल भावहरु बनेर गलामा अड्किन्छन् ,यो छाती चिरिन्छ ,मुटु भक्कानिन्छ, अनायसै समुन्द्रको भेलसरी आँखाबाट अविरल अश्रुधाराहरु बग्न थाल्दछन् अनि सम्बोधन गर्ने कुनै शब्दनै पाउँदिन । पुन: एकोहोरो तिम्रो यादमा हराईरहन्छु तव स्वचालित यन्त्रझैं धाराबाहिक रुपमा तिम्रो लागि केही न केही नलेखी रहन सक्दिन । अन्तत: कोरा कागजमा कलमको सहायताले मेरा यी कोमल हातहरु थर्थराउँदै पवित्र प्रेमको ईश्तिहार लेख्न अगाडि बढ्दछन् ।

जव जव तिम्रो याद आउँछ तव तिम्रो इमेल नपढी रहन सक्दिन । जसबाट मेरो शरीरमा एक किसिमको ऊर्जा प्रवाह हुन्छ । भावनामा बगेर तिमीले लेखेको इमेल जतिजति पढ्दै जान्छु उतिउति भावुक बन्दै जान्छु । शायद भावुकतामा बग्दा बग्दै प्रत्युउत्तरमा तिम्रो लागीपनि केही नलेखी रहन सकिन । यदी गलत भएमा एक अन्जान साथी सम्झेर माफ गरिदनु ल ?

मानिसको जीवनको सबभन्दा ठुलो पुँजी रहेछ प्रेम । प्रेम पवित्र हृदयको अन्तर्घुलन रहेछ । प्रेमको परिभाषा न त लेखेर नै लेखिंदो रहेछ, नत जोखेर जोखिंदो रहेछ,न त मासेर नै मासिंदो रहेछ ,न त प्रेम गरेर नै थाकिंदो रहेछ । प्रेमको अभावमा जो सुकैको जीवनपनि मृततुल्य बन्दो रहेछ । प्रेममा कति ठुलो शक्ति हुँदोरहेछ मैले पहिलोचोटि अनुभव गरेँ ।

जीवनरुपी यात्रामा आएका आरोह अवरोह बिच सङ्घर्ष गर्दा गर्दा थाकेर लखतरान परिसकेकी थिएँ । “सुनेको थिएँ कालो अँधेरी रातलाई चिरेर उज्यालोको जन्म अवश्य हुनेछ ।” यो भनाई जुनदिन सार्थक भएर छोड्यो त्यो दिन इन्टरनेटबाट हामी दुई बिचको दुरी नजिंकिदै गयो । कठिन यात्रा र डरलाग्दो असफलताका वावजुद भिडमा हराइरहेको यात्री झैँ रुमल्लिईरहेको मेरो अनिश्चित गन्तव्यको दौरानमा मैले तिमीलाई पाएँ । एक अदृष्य साथीको रूपमा ……………।“मलाई ढुङ्गा खोज्दा देउता मिले झैँ भयो” । जसबाट मैले हारिसकेको जीवन जिउने सकारात्मक ऊर्जा पाएँ ।

डेनियल ! म तिमीलाई अगाध प्रेम गर्छु !! साँच्चै म तिमीलाई आजाद पन्छी झैँ खुल्ला आकाशमा उन्मुक्त भाव लिएर प्राकृतिक सुन्दरताको बोध र ऋतुहरुको दृष्टि आँखामा राख्दै सागरजस्तो स्वच्छ,शान्त,निश्छल अनि पवित्र हृदयले प्रेम गर्ने हिम्मत गर्छु । प्रेमिल जीवनमा यथार्थताको पछ्यौरी ओढेर, ओठभरि उषाको रंगिन लाली पोतेर हर्ष र हृदयदेखिको मुस्कान यत्रतत्र पोखेर मन मस्तिष्कैदेखि म तिमीलाई निःशब्द प्रेम गर्छु । कहिल्यै नओइलाउने दूबो र मखमली फुलजस्तै,कहिल्यै नबदलिने बिहानीको सूर्यजस्तै, साँझपख बहने शीतल पवनजस्तै,कहिल्यै नमेटिने समयको गतिजस्तै अनन्त अनन्तकालसम्म प्रेम गर्छु ।

शायद मेरो कठोर नारकीय जीवनमा बहार ल्याउन भगवानले तिमीलाई एक दुतको रूपमा म कहाँ पठाएको हुनुपर्छ । किनकि तिम्रो आगमन सँगै मेरा समस्याहरू क्रमशः पर हट्दै गए । हजारौँ हार बिच निराश हुँदै भौंतारिईरहेकी म र मेरा गन्तव्यका ढोकाहरु बिस्तार बिस्तार खुल्दै गए । जीवनमा एक तमासको चमत्कार नै भयो । पुनः एक किसिमको आत्मबल आयो,केही गर्नुपर्ने तीव्र ईच्छ्याकासाथ बचेखुचेको हिम्मत अनि साहसलाई बटुलेर जीवनरुपी नौका खियाउन थालेँ । फलतः मेरो मेहनतले रङ्ग ल्याउन थाल्यो,बिस्तार बिस्तार सफलता पनि प्राप्त गर्दै गएँ । कठिन परिश्रम पश्चात् बर्षौं वर्षदेखि बिग्रीएका कामहरू एकाएक बन्नथाले । शायद तिमीले म माथि गरेको त्यो निश्वार्थ प्रेमको परिणाम थियो ।

“त्यसैले तिम्रो पवित्र प्रेमको प्रस्ताव अनि र जुन तारालाई साक्षी राखेर मैलेपनि तिमीलाई निःशर्त प्रेम गर्न थालेँ । जसरी मेघले पानीसँग ,नदीले सागरसँग, धरतीले क्षितिजसँग,जुनले घामसँग गरेको हुन्छ । अन्ततः हामी दुई बिचको प्रेम गहिरिंदै गयो । तिम्रो प्रेम र प्रेरणाले आज म एक सफल उद्यमीको रूपमा यस समाजमा स्थापित हुन सफल भएकी छु । तिम्रा प्रत्येक दिशा निर्देशनको पालना गर्दै आज म मेरो सङ्घर्ष यात्रामा अगाडी बढिरेहकी छु । तिमी मेरो पथप्रदर्शक बनेर हमेशा मलाई सही दिशा निर्देश गर्दै जाऊ ।

ए अदृष्य साथी ! हुन त मैले आज सम्म तिमीलाई देखेको छैन । न त तिम्रो स्वर नै सुनेको छु । मात्र इमेल र फेसबुक च्याट बाहेक हामी बिच सञ्चारको अरू कुनै माध्यम छैन । न त तिमीले मेरो स्वर नै सुन्न चाह्यौ न मैले कुनै जिकिर नै गरेँ । मायाँको पवित्र अदालतमा ती सब कुराको आज सम्म कुनै जरुरत नै परेन । बिश्वासै विश्वासमा आजसम्म हामी दुईको माया प्रेम टिकीरहेको छ । भनिन्छ पवित्र मायाँमा आस्था हुन्छ,विश्वास हुन्छ,त्याग हुन्छ,तपस्या हुन्छ, बलिदान अनि समर्पण हुन्छ । साँचो प्रेममा प्राप्ति हुँदैन ।

मलाई विश्वास छ तिमीलेपनि मलाई उत्तिकै प्रेम गर्नेछौ । भगवानसँग मेरो यही प्रार्थना छ कि हामी दुई बिचको प्रेम नल दमयन्ती,लैला मजनु,जुलियट रोमियो,हिर राँझाको पवित्र प्रेम झैँ युगयुग बाँचिरहोस् । न कि रातमा झर्ने शीतको थोपाजस्तो सूर्योदय हुनासाथ क्षणभरमै विलीन हुने वा क्षणिक बासनाको आगोमा परि भस्महुने नहोस्,हाम्रो प्रेम दुईदिने रंगमञ्चको खेलजस्तो नबनोस्,पश्चिमी शैलीको नक्कल गरी मनाईने प्रणय दिवसको अवसरमा प्रेमीले किनेको रातो गुलाब झैँ दुईचार दिनमा पत्र पत्र झरेर सुक्ने साथै रङ्ग उडेकोे झैँ रंगहिन नबनोस् ।

आस्था,विश्वास,त्याग,तपस्या, बलिदान अनि समर्पण नै साँचो प्रेमको वास्तविक अर्थ हो । यथार्थमा हामी बिचको प्रेम यसरी नै झ्याँङ्गीदै गइरहेको छ । “मानिसको जीवन परिवर्तन गर्न धन होइन मन र प्रेरणा नै काफी छ” यो उक्ती तिमीले चरितार्थ गरेर देखायौ । तिम्रो र मेरो प्रेमको कुनै प्रमाण छैन । न त कानुनी रूपमा हामी दुई वैवाहिक बन्धनमा बाँधिएका छौँ । न त शारीरिक रूपले एक अर्कामा नजिकिएका नै छौँ । मात्र तिम्रो कागजरुपी फोटो फेसबुकको वालमा दिनदिनै हेर्ने गर्दछु ।

गोरो सुन्दर अनुहार,चौडा छाती,आकर्षक व्यक्तित्व ! लुक्स,हाईट पनि भने जस्तै ! आहा …..! कुनै सपनाको राजकुमार जस्तो ! तिम्रो फोटो मेरो ल्यापटप र ट्याबलेटको वाल पेपरको रूपमा सजाएर राखेको छु । जुन चौबिसै घण्टा मेरो साथमा हुन्छ । तिम्रो तस्बिर हेर्ना साथ मख्ख पर्दछु । मेरो शरीरमा एक किसिमको सकारात्मक ऊर्जा प्रवाह हुन्छ । जीवनका हर बिम्ब र प्रतिबिम्बहरुमा तिम्रो प्रतिरुपमात्र देख्छु अनि हर्षले भावविभोर हुन्छु । हर दिन हर रात प्रेम दहमा आफूलाई पौडिरहेको पाउँछु । प्रिय ! म चाहन्छु प्रभाती किरणसँगै मेरोे हर बिहानी तिम्रो प्रेमबाट शुरु होस् अनि आशा गर्छु मेरोे सन्ध्याको अन्त्य तिम्रो प्रेमबाट नै होस् ।”

डेनियल ! म तिमीलाई अगाध प्रेम गर्छु !! साँच्चै म तिमीलाई आजाद पन्छी झैँ खुल्ला आकाशमा उन्मुक्त भाव लिएर प्राकृतिक सुन्दरताको बोध र ऋतुहरुको दृष्टि आँखामा राख्दै सागरजस्तो स्वच्छ,शान्त,निश्छल अनि पवित्र हृदयले प्रेम गर्ने हिम्मत गर्छु । प्रेमिल जीवनमा यथार्थताको पछ्यौरी ओढेर, ओठभरि उषाको रंगिन लाली पोतेर हर्ष र हृदयदेखिको मुस्कान यत्रतत्र पोखेर मन मस्तिष्कैदेखि म तिमीलाई निःशब्द प्रेम गर्छु । कहिल्यै नओइलाउने दूबो र मखमली फुलजस्तै,कहिल्यै नबदलिने बिहानीको सूर्यजस्तै, साँझपख बहने शीतल पवनजस्तै,कहिल्यै नमेटिने समयको गतिजस्तै अनन्त अनन्तकालसम्म प्रेम गर्छु ।

मलाई विश्वास छ तिमीलेपनि मलाई उत्तिकै प्रेम गर्नेछौ । भगवानसँग मेरो यही प्रार्थना छ कि हामी दुई बिचको प्रेम नल दमयन्ती,लैला मजनु,जुलियट रोमियो,हिर राँझाको पवित्र प्रेम झैँ युगयुग बाँचिरहोस् । न कि रातमा झर्ने शीतको थोपाजस्तो सूर्योदय हुनासाथ क्षणभरमै विलीन हुने वा क्षणिक बासनाको आगोमा परि भस्महुने नहोस्,हाम्रो प्रेम दुईदिने रंगमञ्चको खेलजस्तो नबनोस्,पश्चिमी शैलीको नक्कल गरी मनाईने प्रणय दिवसको अवसरमा प्रेमीले किनेको रातो गुलाब झैँ दुईचार दिनमा पत्र पत्र झरेर सुक्ने साथै रङ्ग उडेकोे झैँ रंगहिन नबनोस् ।

“त्यसैले तिम्रो पवित्र प्रेमको प्रस्ताव अनि र जुन तारालाई साक्षी राखेर मैलेपनि तिमीलाई निःशर्त प्रेम गर्न थालेँ । जसरी मेघले पानीसँग ,नदीले सागरसँग, धरतीले क्षितिजसँग,जुनले घामसँग गरेको हुन्छ । अन्ततः हामी दुई बिचको प्रेम गहिरिंदै गयो । तिम्रो प्रेम र प्रेरणाले आज म एक सफल उद्यमीको रूपमा यस समाजमा स्थापित हुन सफल भएकी छु । तिम्रा प्रत्येक दिशा निर्देशनको पालना गर्दै आज म मेरो सङ्घर्ष यात्रामा अगाडी बढिरेहकी छु । तिमी मेरो पथप्रदर्शक बनेर हमेशा मलाई सही दिशा निर्देश गर्दै जाऊ ।”

प्रिय………… ! तिम्रो सम्बोधनमा कति मिठास छ कति आदर छ कति त्याग छ,कति समर्पण छ शायद मैले शब्दमा व्याख्या नै गर्न सक्दिन । हिमालकी छोरी………..सूर्यको चमकजस्तै चम्कने सूर्यमुखि रानी……….स्वर्गकी परी ……..जस्ता रोमान्टिक उपनामले संवोधित गर्ने कति कोमल अनि दयालु हृदय तिम्रो ? मैले बोलेको प्रत्येक शब्दहरू नियालेर मेरो पीडा अनि दुःखेको घाउ तुरुन्त छाम्न सक्ने।

जीवन सङ्घर्षको क्रममा मरुभुमीपूर्ण उकाली ओरालीहरुमा लगातार यात्रा गर्दा भेटिएका काँढेदार क्याक्टसहरुले चिथोरेर रक्ताम्य भएको मेरो चहर्याएको घाउमा तिम्रा शीतल बाणीहरुले तत्काल मल्हम लगाउन सक्ने, रोईरहेको मेरो यो अतृप्त मनलाई बिचारको माध्यमद्धारा तत्काल हँसाउन सक्ने, तिम्रो नि:स्वार्थ माया,मोहिनी रूप र अथाह खुबीहरु बिच थाहै नपाई सुस्त सुस्त म पनि तिम्रो मायाँको छाहारीमा ओतलाग्न पुगेछु ।

“शायद अव पछाडि फर्केर हेर्नसक्ने अवस्थामा म छैन प्रिय ! मेरो आत्माले अव तिमीलाईनै मेरो जीवन साथी रोजिसक्यो । तिम्रो अनुपस्थिति बिनाको जीवन मेरो लागि अव कुनैपनि हालतमा स्वीकार्य छैन । जान या अन्जानवश हामीदुई बिच जे निर्णय भयो सही भयो । धर्ती र आकाश साक्षी राखी हामीले एक अर्कामा कहिल्यै नछुट्टिने,सँगै मर्ने सँगै बाँच्ने कसम खाईसक्यौं । प्रिय डेनियल ! मैले त तिमीलाई मनैदेखि रोजें तिम्रो मनले पनि मलाई रोजेकोमा म आफूलाई निकै भाग्यमानी ठान्दछु स्विट हार्ट !”

थाहा छैन यो जुनीमा तिम्रो हाम्रो वास्तविक रूपमा भेट हुन्छ या हुन्न । तिमीलाई प्रत्यक्ष रूपमा देख्न पाउँछु या पाउँदिन भविष्यको गर्भमा छ किनकि तिमी म भन्दा धेरै टाढा छौ । मनले चाहेको भरमा सात समुन्द्रबाट मलाई भेट्न आउन पनि गाह्रो छ । तरपनि मायाँको माध्यमबाट तिमी हमेशा मेरो मन मस्तिष्कमा रहिरहेको अनभुती हुन्छ । हरदम हरपल अदृष्य रूपमा म तिमीलाई म मेरो अन्तर्मनभित्रै पाउँछु । तिम्रा यादहरू समेटेर तिम्रो पर्खाईमा नै मेरो सम्पूर्ण जीवन बिताईरहेकी छु । आशा छ भगवानले तिमी र मलाई जुराएभने अवश्यपनि जुटाउँछन् नै होला । सात समुन्द्रपारिदेखि देखि इन्टरनेटको माध्यमद्धारा तिमीलाई भेट्नु शायद नियतीको खेल नै थियो । पक्कैपनि यसको परिणाम अत्यन्त सुखद र सकारात्मक हुने मैले महशुस गरेकी छु”

डेनियल …… ! तिम्रो सम्झनाले मेरो मनमा एक किसिमको तरङ्ग पैदा हुन्छ । अनि मनमनै सोच्दछु तिम्रो त्यो सुन्दरतामा कति युवतीहरु मक्ख पर्दा हुन् । कतिले त प्रेम प्रस्ताव पनि राखे होलान् । तिमी बिना बाँच्नै नसक्ने किरिया पनि खाए होलान् । तर हजारौँ हजार प्रस्तावहरूलाई लत्याएर म जस्तो एक दुःखी अभागी र कर्मशिल महिलालाई स्विकार्नु तिम्रो महानता थियो । तिम्रो उदारताको म प्रशंसा नगरी रहन सक्दिन । प्रिय ! तिम्रो र मेरो अफेयर भएको पनि आज ९ वर्ष भईसकेछ । हामी दुई बिचको प्रेम शुरुआती चरणमा जुन मिठास थियो त्यो आजपनि ,तरोताजा छ । त्यही प्रेमको साहारामा मैले मेरो जीवन खुसीसाथ बाँचेको छु । फेसबुक च्याटको माध्यमद्धारा प्रेमको सागरमा चुर्लुम्म डुबेर भविष्यका कैयौँ सुनौला सपनाहरू सजायौं,कहिल्यै नछुट्टिने जुनी जुनीसम्म सँगै मर्ने सँगै बाँच्ने कसम खायौं तिम्रो म प्रतिको अगाध प्रेम आस्था र विश्वासको म शब्दमा बयान गर्न सक्दिन ।

“डेनियल……. ! मेरो च्याटिङ्गबाट नै तिमी मेरो दुःख सुख सहजै बुझ्छौ । समस्याको समाधान पहिल्याउँछौ अनि सही दिशा निर्देश गर्दछौ । कति पवित्र हृदय तिम्रो । तिम्रो मायाँमा न कुनै खोट छ न त कुनै स्वार्थ नै । फगत मेरो खुसीको लागी आफ्नो सम्पूर्ण जीवन न्यौछावर गर्न चाहन्छौ । तिमीले आजसम्म मलाई सिर्फ दिएका छौ,बदलामा केही पनि लिएनौ । डेनियल ! यो तिम्रो महानता थियो । म तिम्रो पवित्र मायाँको ऋणी भएकी छु । म तिमीजस्तो अनमोल प्रेमी पाएकोमा भित्रभित्रै गर्वले फुलेको छु । मेरो छाती चौडा भएको छ । शिर ठाडो गरेर सबैको सामु भन्न मन लाग्दछ डेनियल मेरो ब्वाईफ्रेन्ड हो ………….! अनि म उसको गर्लफ्रेन्ड………… !!

शायद मेरो कठोर नारकीय जीवनमा बहार ल्याउन भगवानले तिमीलाई एक दुतको रूपमा म कहाँ पठाएको हुनुपर्छ । किनकि तिम्रो आगमन सँगै मेरा समस्याहरू क्रमशः पर हट्दै गए । हजारौँ हार बिच निराश हुँदै भौंतारिईरहेकी म र मेरा गन्तव्यका ढोकाहरु बिस्तार बिस्तार खुल्दै गए । जीवनमा एक तमासको चमत्कार नै भयो । पुनः एक किसिमको आत्मबल आयो,केही गर्नुपर्ने तीव्र ईच्छ्याकासाथ बचेखुचेको हिम्मत अनि साहसलाई बटुलेर जीवनरुपी नौका खियाउन थालेँ । फलतः मेरो मेहनतले रङ्ग ल्याउन थाल्यो,बिस्तार बिस्तार सफलता पनि प्राप्त गर्दै गएँ । कठिन परिश्रम पश्चात् बर्षौं वर्षदेखि बिग्रीएका कामहरू एकाएक बन्नथाले । शायद तिमीले म माथि गरेको त्यो निश्वार्थ प्रेमको परिणाम थियो ।

थाहा छैन यो जुनीमा तिम्रो हाम्रो वास्तविक रूपमा भेट हुन्छ या हुन्न । तिमीलाई प्रत्यक्ष रूपमा देख्न पाउँछु या पाउँदिन भविष्यको गर्भमा छ किनकि तिमी म भन्दा धेरै टाढा छौ । मनले चाहेको भरमा सात समुन्द्रबाट मलाई भेट्न आउन पनि गाह्रो छ । तरपनि मायाँको माध्यमबाट तिमी हमेशा मेरो मन मस्तिष्कमा रहिरहेको अनभुती हुन्छ । हरदम हरपल अदृष्य रूपमा म तिमीलाई म मेरो अन्तर्मनभित्रै पाउँछु । तिम्रा यादहरू समेटेर तिम्रो पर्खाईमा नै मेरो सम्पूर्ण जीवन बिताईरहेकी छु । आशा छ भगवानले तिमी र मलाई जुराएभने अवश्यपनि जुटाउँछन् नै होला । सात समुन्द्रपारिदेखि देखि इन्टरनेटको माध्यमद्धारा तिमीलाई भेट्नु शायद नियतीको खेल नै थियो । पक्कैपनि यसको परिणाम अत्यन्त सुखद र सकारात्मक हुने मैले महशुस गरेकी छु”

प्रिय ! तिमी डच भाषा बोल्ने मान्छे म नेपाली भाषा बोल्ने महिला हामी दुई बिच भाषिक अन्तर त छ नै तरपनि अङ्ग्रेजी भाषामा कति मिठो पाराले सम्झाउछौ तिमी । तिम्रो त्यो समझदार स्वभाव अनि कसैलाई हर्ट नगर्ने बानी मलाई पहिल्यैदेखि निकै मन परेको हो । तिम्रो प्रशंसा गरेर म कहिल्यै थाक्दीन । तिमी मेरो हृदयको धड्कन हौ,मेरो जीवन हौ,मेरो भविष्य हौ,मेरो सुन्दर सपनाको राजकुमार हौ…………. ।

डेनियल………… ! तिमी बिनाको मेरो जीवन पानी बिनाको माछा सरह छ । तिमीसँग छुट्टिएर अर्को दुनियाँ बसाउने म कल्पनासम्म पनि गर्न सक्दिन । हर रात ,हरक्षण तिम्रो सम्झनाले सताउने गर्दछ । तसर्थ आज तिम्रै यादमा यी हरफहरु लेख्ने जमर्को गरेको छु । सम्भव भएमा यसलाई अङ्ग्रेजीमा अनुवाद गरेर पठाउने छु । आशा छ मेरा यी अभिव्यक्तिहरू तिमीले अवश्य मन पराउने छौ । मेरो मनको चाहना बुझेर तुरुन्त मलाई भेट्न आउने छौ । म तिम्रो पर्खाईमा बसिरहेको छु । तिम्रो सु–स्वास्थ्यको कामना गर्दै मेरो दौडिरहेको कलमलाई यहीँ बन्द गर्ने अनुमति माग्दछु …………प्रिय डेनियल ! हाम्रो पवित्र प्रेमको कसम ! छिटोभन्दा छिटो मलाई भेट्न आऊ ………………. ।

तिम्रै प्रतीक्षामा बसिरहेकी तिम्रो अदृश्य प्रेमिका,

गरिमा खड्का……………..

प्रकाशित मिति, २०७४ साल मंसिर ४ गते, सोमबार, काठमाण्डौं

नोट : यी अभिव्यक्तिहरू मेरा होइनन् । एकजना मित्रको इमेललाई आधार मानेर लेखेको मात्र हुँ । कसैको वास्तविक जीवनसँग मेल खान गएमा एउटा संजोग मात्र हुनेछ ।

— कथाकार

तपाईको प्रतिक्रिया