बहु प्रतिक्षित चलचित्र ‘सेन्टी भाइरस’को ओभरसिज राइट्स खरिद गरेको नेप्सिने कम्पनीले साउथ कोरियाका लागी प्रर्दशन राइट्स बिक्री गरेको छ । एक करोड १५ लाखमा ओभरसिज राइटस् खरिद् गरेको यो कम्पनीले अमेरिका ,क्यानाडा ,मध्यपुर्बका देशहरुमा बिक्री पछि साउथ कोरियाको प्रदर्शन राइट्स बिक्री गरेको हो ।सुबेक्षा फिल्म्सले धुर्मुस सुन्तलीद्वारा निर्मित ‘सेन्टी भाइरस’को साउथ कोरियाको राइट्स किनेको हो । मंगलबार सुबेक्षा फिल्मको तर्फबाट विवेक शाही र नेप्सिने नेपालका व्यवस्थापक दिपेन्द्र कार्की बिच भएको सम्झौता भएको हो
सुबेक्षा फिल्म्सका विवेक शाहीका अनुसार दक्षिण कोरियामा मार्चको पहिलो हप्तादेखि चलचित्रको प्रदर्शन सुरु हुनेछ । रामबाबु गुरुङको निर्देशन रहेको यो चलचित्रमा सिताराम कट्टेल धुर्मुस , कुन्जना घिमिरे , दयाहाङ राइ , बुद्धि तामाङ , विल्सन बिक्रम राइ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको एक गीत र ट्रेलरले दर्शकको मन जितिसकेको छ ।

तपाईको प्रतिक्रिया