नेपाली लोकदोहोरी गायनमा मीठो स्वरकै कारण चर्चा बटुलिरहेकी गायिका हुन् धनकुमारी थापा ” सरु ”। १० वर्षदेखि लोकदोहोरी गायनमा सक्रिय सरु पछिल्लो समयका आज मुड चल्या छ दोहोरी गीत गाउने बोलको गीतले चर्चामा आइन् ।४० भन्दा बढी गीतमा स्वर दिइसकेकी सरु सँग उनको गायनयात्रा र नेपाली लोकदोहोरी गीत गायनबारे केन्द्रित भएर सहकर्मी रोशन पोखरेल ले गरेको अन्तरंग ः

अहिले केमा व्यस्त हो ?

एउटा डान्सिङ लोकदोहोरी गीतको तयारीमा छु । केही गीतको अफर पनि आइरहेको छ। त्यसलाई पनि मिलाएर अघि बढ्दै छु । साथै नेपाल भ्रमण वर्षलाई सहयोग पुगोस भन्ने उद्देश्यले विभिन्न अभियान समेत चलाउदैँ आएको छ ।

तपाईँलाई चिनाएको गीत ‘आज मुड चल्या छ दोहोरी गीत गाउँने ’ भन्ने नै हो नि ?

हो, मलाई चिनाएको अनि दर्शक स्रोताको मन मुटुमा बस्न सफल गीत यही हो। यो गीत गाउन पाउनु भाग्यमानी नै सम्झन्छु । मेरो लाइफको टर्निङ प्वाइन्ट ल्याउने गीत नै यही हो । जुन गीतको कारण आम दर्शक तथा स्रोतको कारणबाट विभिन्न अवार्ड समारोहमा सम्मानित भएकी थिए ।

यो गीत गाउन कसरी पुग्नुभयो ?

यो गीत ल्याउनुभन्दा अगाडी मा नेपाली लोक गीत संगीतमा नै सषर्धरत रहेको थिए । यति राम्रो गीतको अफर आउँछ होला भन्ने त टाढाकै सपना थियो। तर संयोगवस एक दिन किरण न्यौपाने ज्यु सगँ भेट भयो । उहाँ सगँ सहकार्य गर्ने सोचे र मैले गीत गाउन पाएँ ।

गीत गाउँदाको अनुभव ?

धेरै मिहिनेत गर्नुप(यो। एकैपल्टमा ओके भएको हैन। गीतको भावलाई समातेर गाउन केही दिन लाग्यो । त्यसलाई म मेहनतको उपहार मान्ने गर्दछु ।

आफूले स्वर दिएको गीतमा कलाकारको अभिनय देख्दा कस्तो लाग्छ ?

एकदमै गर्व लाग्छ नि ! आफनो कलालाई न्याय दिएर जुन रुपमा कलाकारहरुले न्याय दिएर गाउनुभएको छ त्यसलाई

तपाईको तिज गीत ‘ जाम नाच्न जाम’ गीतलाई दर्शकले रुचाइदिनु भयो है ?

हो। त्यो मेरो तिजको कोशेली गीत हो । नेपाली नारीहरुको पिर र व्यथालाई समेटेर गीत ल्याउने सोचेर केही दिनको होमवर्क पछाडि स्टुडियोमा गएर गीत गाउन सकेँ । गीतमा अहिले की चर्चित नायिका अनु शाहको अभिनय पनी रहेको छ । त्यो गीत जुन गीत जीवनकै राम्रो सुरुवात थियो जस्तो लाग्यो मलाई।

संख्यात्मक हिसाबले तपाईँका गीत कम छन्। किन ?

यही क्षेत्रमा लागेर पैसा नै कमाउँछु भनेर अहिलेसम्म यो क्षेत्रलाई लिन सकेकी छैन। त्यसैले जस्तो प्रस्ताव पनि स्वीकार गर्नुभन्दा गीतहरु छानेर मात्र गाउँछु । अहिलेसम्म म्युजिकलाई व्यवसायको रुपमा सोचेकी छैन।

किन ?

यो फिल्डलाई नजिकबाट चिनेको छु । नजिकबाट नियालेको छु । म अहिले पनि सिक्ने चरणमै छु । परिपक्व हुन अझै समय लाग्छ । त्यसैले अहिले नै आएको जति सबै गाउन मन लाग्दैन । गीतमा समय निकालेर मेहनत गरेर सर्वोकृष्ट गीत हरु मात्र बजारमा ल्याएर आएर आम दर्शक तथा स्रोताको मनमा बस्न मन छ ।

तपाईको विचारमा प्रेम भनेको के हो नी ?

प्रेम भनेको एक अर्को विचको भावनाको आदान प्रद्धान हो जस्तो लाग्छ । जहाँ एक अर्कालाई नजिक बाट बुझेको हुनुपर्छ । एक अर्कामा साथ र सर्पोट हुनुपर्छ ।

तपाईको विचारमा प्रेम दिवस के हो लाग्छ नी ?

प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ ।

तपाई त नेपालको पहिलो दोहोरी सञ्चालिका पनी भन्छन नी ?

हो , दोहोरी व्यावसाय गर्ने सोच राखेर केही समय पहिले जुनकिरी दोहोरी साझँ नामक दोहोरी साझँ खोलेकी थिए । नारी भएर पनी समाजमा केही गर्नुपर्छ भन्ने सोच राखेर व्यावसायिक रुपमा यस पेशामा लाग्ने सोच बनाएर लागी परे जुन निकै १२ वर्ष अगाडी यस दोहोरी साझँ खोलेर नयाँ कलाकार सर्जक हरुलाई अगाडी बढाउनको लागी सहयोग पुगोस भन्ने अभिप्रायले यस व्यावसायमा प्रवेश गरे । हाल काठमान्डाँैको दरवार मार्गमा रहेको कफी पसल सञ्चालन गरेर निरन्तर सागिँतिक क्षेत्रमा पनी उतिकै लागी परेकी छु ।

यो क्षेत्रमा व्यावसायिकता देख्नु भएन कि अर्कै कुराको डर हो ?

अहिले म सिक्नमै व्यस्त छु । अर्को्तिर म अर्को बिजनेस मा पनि संलग्न छ ु। बिजनेसबाट निस्किएको समय संगीतमा लगाइरहेकी हुँ । यो फिल्ड जति बुझ्दै गयो, त्यति नै गहिरो छ। यसैमा मात्र निर्भर भयो भने दुःख पाइन्छ कि जस्तो लाग्छ।

यो क्षेत्रमा चुनौती के–के देख्नुभयो त ?

यो फिल्डको आफ्नै दुःख र संघर्ष छ । संघर्ष सबैको हुन्छ तर विशेष गरी महिलाले त डबल स्ट्रगल गर्नुपर्छ ।
गलत नियतले भेटौं न भन्नेलाई म सिधै इग्नोर गर्छु (हाँस्दै)। सरी भ्याउँदिन भन्दिन्छु। असल प्रशंसकको सम्मान गर्छु । गीत सुनेर म्यासेज गर्नु भएका कति फ्यानहरु मेरो साथी नै बन्नु भएको पनि छ ।

डबल स्ट्रगल भन्नाले ?

म महिला भएकाले टाढैबाट महसुस गर्ने र गरेको कुरा हो, गलत माध्यमबाट गएर मलाई गीत दिनुस्, काम गरुँ, अनि गलत रुपमा प्रयोग हुने देखेकी छु। त्यस्तो गलत तरिकाले उपयोग भएर काम गर्ने मन छैन। पहिला आफ्नो क्षमता बनाउँ भन्ने लाग्छ। सायद त्यही भएर यो फिल्डमा मेरो सक्रियता अलि कम देखिएको हो ।
यति राम्री हुनुहुन्छ गायनसँगै अभिनयमा पनी लागौ लागेन ?
अँ, पहिले पहिले १ र २ वटा अफर त आएको हो (हाँस्दै) । तर, मेरो इच्छा गायन हो, अभिनय हैन । केही नसिकी हावाको भरमा जाने कुरा पनि भएन ।

फ्यानमा त पुरुषहरु नै बढी होलान् हैन ?

फ्यानहरु हुनुहुन्छ । दुवै बराबरै होलान् ।

अहिलेको गीत र संगीतको ट्रेन्डबारे तपाईको धारणा ?

अनावश्यक शब्द राखेका गीतहरु बजारमा आइरहेका छन् । भाइरल हुनको लागी लोक दोहोरी गीत संगीतमा दुईअर्थी शब्दको प्रयोग भइरहेको छ । यसले समाजलाई सकारात्मक प्रभाव पार्दैन। गीतले पनि समाजमा परिवर्तन ल्याउन सक्छ तर समाजमा गलत सन्देश दिने, परिवारसँग बसेर सुन्न पनि नसकिने गीत गाउनु आफ्नै बदनाम गर्नु हो ।

यहाँका आगामी गीतहरु कस्तो प्रकारका आउदैछन ?

अब चाँडै तीज गीतका साथ साथै परदेशी गीत र लोकदोहोरी गीतहरु बजारमा आउने तयारीमा रहेको छ ।

भविष्यमा यस गायन क्षेत्रमा कसरी अगाडि बढ्ने योजना छ ?

आगामी दिनमा पनि नेपाली लोक गीतको विकाश एव्म विस्तारका लागी आफना सर्वोकृष्ट रचनाहरु आम दर्शक माझँमा ल्याएर । नेपाली लोक गीतको क्षेत्रमा केही गर्ने विचार छ ।

हवस्त ,धनकुमारी थापा जी तपाईको निकै ब्यस्त समयका बाबजुत पनि हामीलाई आफनो महत्वपुर्ण समय दिनु भयो त्यसका लागी धन्यवाद ।

रोशन जी तपाईले पनि , मलाई आफनो मनमा लागेका कुराहरु तपाईको लोकप्रिय अनलाइन मार्फत भलाकुसारी गर्ने समय दिनुभएको मा हार्दिक नमन ब्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया