बडामहाराजधिराज पृथ्वीनारायण शाहको भनाइमा नेपाल वास्तविक हिन्दुस्थान हो । गोरक्ष पद्धती यहाँको संस्कार हो । संस्कृतीको मुल शिव हुन । राष्ट्रगुरु गोरखनाथ र शक्तिको लागी दुर्गा भवानी र कालीहरुको पुजन हुन्छ । त्यस्तै तन्त्र साधनामा जिवित देवी कुमारी, तलेजु भवानी, र भैरव आदिको पुजा आराधना हुने पवित्र भुमी हो । यो देश भगवानले रचना गरेको, ऋषि तपस्वीहरुले साधना गरेको र वैदिक मन्त्रहरुको रचना गरिएको स्वर्गको टुक्रा हो, भुमी हो ।

यो देश महान ऋषिमुनिहरुका कर्मभुमी भएको र साधनाको केन्द्र बनेको भुमी हो । व्यास ऋषि, पराषर ऋषि, वाल्मिकी, गुरु गोरखनाथ र मत्छेन्द्रनाथ आदिको योग साधनाले पवित्र तुल्याएको मुमी हो । त्यस्तै महान योगीहरु मध्ये योगी नरहरिनाथ पनि एक महान नेपाली साधक हुन । भनिन्छ उहाँको विद्धताको कदर गर्दै भारतका धर्म सम्राट करपात्रजी महाराजले “हिडने पशुपतीनाथ” भनेर सम्बोधन गर्नुहुन्थ्यो । नेपाल हिन्दु वैदिक राष्ट्र हुनुपर्छ, नेपाल र नेपालीले आफ्नो कुल धर्म छोडनु हुदैन भनेर योगी अहोरात्र खटिनु हुन्थ्यो । नेपालको धार्मिक जागरण ल्याउन र नेपालको इतिहास उजागर गर्न योगिजीको योगदान युगौँ युग सम्मको लागी कदर योग्य रहने छ ।

धार्मिक जागरण हरु गर्न गराउनमा उहाँ एक मियोको भुमिका खेल्नुहुन्थ्यो । उहाँ नेपालीजन लाई सम्बोधन गर्दै भन्नुहुथ्यो । तेरो मुख हेरेर “ॐ गौः संस्कृतम” भन्ने विश्वका कोटि कोटि हिन्दुहरु आफ्नो शिर ठाडो पार्छन । “आत्म खलु विश्वमूलम” भनेर विश्वलाई आत्मा ठानेर “वेदोsखिलो धर्ममूलम” भनेर वेदलाई विश्वमानवधर्मको मूल मानेको हुनाले तँलाई विश्वले हिन्दूधर्म एकताको केन्द्रविन्दु मानेको हो । परको ध्यान नराखेर, विवेकहीन भएर आज तैँले हिन्दूत्व त्यागिस भने भोलि तँलाई कसैले पनि मान्ने छैनन । तेरो अस्तित्व पनि रहने छैन । साथै विश्वका हिन्दुहरुको पनि अस्तित्व मेटिने छ । सो जानी पूर्वजहरुको ऐतिहासिक आदर्श हिन्दु हम वीर जम्बूद्धिपका हिन्दूनामा एक असल हिन्दूस्थाना हो, भन्ने इतिहासमा सुनौला पानामा कालो मोसो घसिने छ । सगरमाथा झुक्ने छ । हिन्दूजाति सदाकालागि समाप्त हुनेछन । मनुका पालादेखि अटल रहेको कैलाशमुकुटको मुकुट पनि मेटिने छ ।

मानसरोवरका पञ्च कैलाशबाट हाम्रो राष्ट्रिय संस्कृति हाम्रा कैलाशकूट भवनहरु कैलाशबाट बनेका हुन । मूल कैलाशको उूध्र्वार्ध भाग लिएर राष्ट्रिय टोपी बनेको हो । मूल कैलाशकै मध्यार्थ भाग लिएर राष्ट्रमुकुट बनेको हो । शिवनिवास यसै मूल कैलाशबाट सरयू को हिममुभ्र जलप्रवाहको प्रतीक कल्की बनेको हो । कैलाशका पर्वरेखाहरु राजपट्ट बनेका हुन । पञ्च कैलाशकै लघुप्रतीक पाँचवटा चाँद बनेका हुन । पूर्वकैलाशमाथि प्रकृत्या बनेको शोणत्रिकोणयुगल सूर्य चन्द्रपथ गगनचुम्बी हुनाले सूर्य चन्द्राङकित राष्ट्रध्वज (राष्ट्रिय झण्डा) बनेको हो ।

शिक्षा नीतिमा विदेशी प्रभाव छ । नयाँ शिक्षा लागू भएपछि केही समय त बैरागिएर योगीजी भारतका आश्रमहरुमा गएर बस्नुभयो । पूर्वीय दर्शन र चिन्तन भाथिको चौबाटोमा घोषित अघोषित तरिकाबाट रातो बत्ती बालिँदैछ । भूमण्डलीकरण र पूँजीवादको हौवा पनि वैदिक सनातनी हिन्दू परम्पराको अन्त्येष्टि गर्न लागिपरेका छन । आफ्नै धर्तीका द्रव्यपिसाचहरु दह्रोसँग नै लागी रहेछन ।

श्रोत :- वैदिक साम्यवाद, योगी नरहरिनाथ

तपाईको प्रतिक्रिया