~~~~~गजल~~~~~~

मलाई हेर्दै मक्ख पर्छ कस्तो फटाहा भिनाजु !

दिदी नहुँदा फोन गर्छ कस्तो फटाहा भिनाजु !

_____________________

लाजै बिना बहानामा हरदिन ससुराली धाएर,

सधैँ कर्के आँखा तर्छ कस्तो फटाहा भिनाजु !

_________

खाना बनाएर आमाले खान बोलाउँदा खेरी,

बहाना बनाई पर सर्छ कस्तो फटाहा भिनाजु !

________

दिक्क लायौ भेना अब दिदीलाई भन्छु भन्दा ,

आँखाभरी आँसु भर्छ कस्तो फटाहा भिनाजु !

__________

मैले भने भिनाजुलाई बुवा समान मान्दै आएँ ,

उ चैँ तड्पि ज्युँदै मर्छ कस्तो फटाहा भिनाजु !

_______गजल_________

लक्ष्मी आचार्य

इटहरी – ३, सुनसरी

( डियर कल्याण साहित्य प्रतिष्ठान )

तपाईको प्रतिक्रिया