काठमान्डौँ ।
नेपाली सुगम संगीतमा आफनो छुटटै पहिचान बनाइसकेकी गायिका हुन मेनुका राई । उनको आवाजमा रहेको ”फाटन सक्छ मनका विदनाहरु” गीतको लिरिकल भिडियोे सार्वजनिक भएको छ ।

मन भित्रको भावहरुलाई निकै मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको छ । जिवनको चोट र वेदनालाई आत्मसाथ गदैँ अगाडी बढनको लागी गीतमा आग्रह गरिएको छ । सावित्री राईको शब्द तथा रोशन राईको संगीत गीतमा रहेको छ । गीतमा देश प्रतिको माया र आफनी प्रेमीको अपार माया र स्नेहालाई प्रस्तुत गरिएको छ ।

गीतमा निकै मार्मिक रुपमा शब्द लाई प्रस्तुत गरिएको छ । गीतलाई सुनेर आफनै भोगाई आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको सावित्री राईले बताइन ।
”फाटन सक्छ मनका विदनाहरु” गीतको पुरा लिरिकल भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया