स्वरुपराज आचार्यको स्वरमा रहेको ‘झल्को’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गजेन्द्र कार्कीको शब्द र सचिन गिरीको संगीत रहेको गीत ‘झल्को’ को भिडियोलाई पछिल्लो समयका व्यस्त भिडियो निर्देशक बिनोद बमले निर्देशन गरेका हुन्। गीतको भिडियोमा चर्चित कुशल कार्यक्रम प्रस्तोता एबम मोडेल प्रमिला कार्की र सनम कठायतको अभिनय रहेको छ । सुरेश श्रेष्ठको क्यामेरा र बिनोद बमको नै सम्पादन रहेको भिडियोलाई किरण क्रियसनको यु ट्युबबाट सोमबार साझ सार्वजनिक गरिएको हो ।
गीतकार गजेन्द्र कार्कीले आगामी दिनहरुमा पनि राम्रा राम्रा गीतहरु र म्युजिक भिडियो निर्माण गर्दै भएकाले राम्रा गीतहरु र कलाकारलाई प्रोत्साहन गरिदिन सम्पुर्ण संगीतप्रेमी र मिडिया हाउसलाई आग्रह समेत गरेका छन ।

 

तपाईको प्रतिक्रिया