वासिङटन । गीतकार तथा साहित्यकार कमला न्यौपानेको शब्दमा होलीलाई मध्यनजर गर्दै (होली रंग होली रंग) बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतकार कमला न्यौपाने अमेरिकामा रहेर पनि नेपाली गीत संगीतलाई असाध्यै मायाँ गर्ने गीतकार हुन् । उनले गीत अलावा कबिता मुक्तक गजलहरुमा कलम चलाउने गरेकी छन् ।

आफ्नै रचनामा विभिन्न समयमा सांतीतिक बजारमा चर्चा कमाइरहने कमलाले अहिले रंग होली रंग गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

गीतलाई अमेरिकामा बसोबास गर्दै आएका चर्चित संगीतकार येदीन गजमेर’ले संगीत गरेकाछन् भने चर्चित गायिका अमेलिना राई र गायक अनुप रेग्मी’को सुमधुर स्वरले गीतलाई न्याय दिएको छ ।

गीतको भिडियोमा निर्देशन प्रकाश धिताल ‘ छायांकन बुद्ध थापा’ सम्पादन बिकाश दाहाल’को रहेको छ भने’ भिडियोमा जीवन भट्टराई कमल सिंह’ रिचा थापाको अभिनय रहेको छ । सार्वजनिक उक्त गीतलाई तरंग एल्बममा समावेश गरिएको छ । भिडियोलाई रिदम इन्टरटेनमेन्टको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया