लामो समयदेखि सिड्नीमा बस्दै आएका गीतकार सक्रिय श्रेष्ठको नयाँ गीत ‘सपनाको रंग’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शास्त्रीय संगीतका लोकप्रिय गायक सजल न्यौपानेको स्वर र संगीत रहेको गीतको भिडियोमा बालकलाकार गिर्वाणी पोखरेल, प्रख्यात घिमिरे ,विदित आचार्य र प्रिन्सेस के सी आचार्यको हृदयस्पर्शी अभिनय रहेको छ । हरेक गीतमा फरक फरक कथा प्रस्तुति लिएर आउने भिडियो निर्देशक अनुप चापागाईले यो भिडियोमा पनि नयाँ र पृथकपात्र मार्फत गहिरो सन्देश दिन खोजेको बताए। ‘सपनाको रंग’मा उत्सव दाहालको क्यामेरा ,बिकाश दाहालको सम्पादन रहेको छ ।
लामो समयदेखि अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका गीतकार सक्रिय श्रेष्ठको यसअघि गीतहरुले धेरै दर्शकको मन छोइसकेको छ ।

तपाईको प्रतिक्रिया