नेपाली नायिका तथा मोडल जेनिशा केसी पंजावी गीतको भिडियोमा देखिएकी छन् । फिल्म एक पल, एक्सन, द सोल्जर, जोश, आधिबाटो लगायत फिल्ममा काम गरे पनि उनका कुनै पनि फिल्म नेपालमा सफल बन्न सकेनन् । केहि समय म्युजिक भिडियोमा समेत प्रयास गरेकी उनको नाम एक ताका नायक विराज भट्टसंग समेत जोडियो ।

नेपालमा रहेर सफल हुन नसके पछी उनी भारत हानिइन् । मुम्बईमा बसेर अभिनय र नृत्य सिकेकी उनी अन्तत भिडियो मार्फत आएकी छन् । भारतीय फिल्ममा नै अभिनय गर्छु, भन्ने सपना बोकेर गए पनि उनी भिडियो सम्म भने देखिएकी छन् । विराटनगरकी उनको भारत प्रेम भने सानैबाट थियो रे। नेपाली फिल्म जगतमा असफल उनलाई उक्त क्षेत्रमा सफलता प्राप्त गरुन् भन्ने Entertainmentkhabar को तर्फबाट शुभकामना।

तपाईको प्रतिक्रिया