काठमाडौं – केही समय अघि ‘बैनी झ्यालैमा…’ गीत स्रोता/दर्शकमाझ ल्याएर चर्चा कमाएका गायक, सङ्गीतकार तथा रचनाकार प्रकाश दुतराजको नयाँ गीत ‘तिरिरि’ सार्बजनिक भएको छ । बैनी झ्यालैमाको अपार सफलता पछि गायक दुतराजको यो तेस्रो गीत हो । ‘बैनी झ्यालैमा…’ गीतले ४५ लाख भन्दा बढी दर्शकको माया पाउन समेत सफल भएको थियो ।

अर्जुन थापाको एरेञ्ज, श्याम स्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियोमा निर्देशन तथा कथा प्रकाश कै रहेको छ । करन चैसिरले छायाँकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् ।

दुतराजले नयाँ गीत ‘तिरिरि’मा सशस्त्र माओवादी युद्धको कथालाई समेटेका छन् । २०६० साल चैत्र ७ गते माओवादीले गरेको बेनि आक्रमणको दिनलाई भिडियोमा समेटिएको छ ।

‘विगतको माओवादी युद्धलाई भिडियोको माध्यमबाट भोलीको सन्ततीले ईतिहासको पानाहरु पल्टाउदा सजिलै हाम्रो भिडियो भेटुन भन्ने विचारले निर्माण गरेका हौं’, प्रकाशले भने ‘भिडियोलाई हामीले निकै मिहेनत गरेर निर्माण गरेका छौ, जुन निकै अर्गानिक पनि छ ।’

तपाईको प्रतिक्रिया