काठमाडौं – ‘दिल बस्यो…’ गीत मार्फत स्रोता/दर्शकको दिलमा बस्न सफल गायक कर्साङ शेर्पाले आफ्नो दोस्रो गीतको भिडियो ‘बिश्वास ढलेको देख्छु…’ लिएर स्रोता/दर्शकमाझ आएका छन् । वास्तविक जीवन भोगाईका कुरा र जीवन सङ्घर्ष समेटिएर तयार पारिएको यस गीतलाई गायक शेर्पाले आफ्ना भाई टेण्डी शेर्पा प्रति समर्पित गरेका छन । गीतको भिडियोमा टेण्डी शेर्पाको सङ्घर्ष र सफलतालाई फोटो मार्फत प्रस्तुत गरिएको छ ।

गणेश सुवेदीको शब्द र बिक्रम थापाको सङ्गीत रहेको गीतको भिडियोमा गायक शेर्पा फिचर्ड छन् । गीतको भिडियोलाई हाइलाइट्स नेपाल मार्फत सार्वजनिक गरिएको छ ।

यो गीत करसङले आफना भाई लामा टेण्डी शेर्पा जो नेपाल बास्केटबल सङ्घका अध्यक्ष छन् उनलाई समर्पित गरेका छन् । जो यतिवेला अस्पतालमा भर्ना हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया