गीतकार टिका बरालको गीत ‘मलाई त्यो दिन फर्काइ दे ‘ छिट्टैनै सार्वजनिक हुने भएको छ अहिले पोस्टप्रोडक्सन भैरहेको गीतको म्युजिक भिडियोको केहि दिन आगाडी छायांकन सकिएको हो । चर्चित गायक शिशिर योगीको स्वर र संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ। प्रहिल कार्कीको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा आत्मिय बराल र नरेन्द्र धामीको साथै धेरै बालकलाकार हरुको अभिनय रहेको छ । आभेश बज्राचार्यको सिनेमाटोग्राफी रहेको भिडियोमा गायक शिशिर योगीको अलवा ब्याण्डका सदस्यहरु रुद्र श्रेष्ठ ,ऋषिकेश गिरी,उत्तम योहा लिम्बु र आयुष श्रेष्ठलाइ पनि फिचारिंग गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया