काठमाडौं । साधना संगीत नै जीवन हो भन्ने मुल नारालाई आत्मसाथ गरेर स्थापना भएको साधना इन्टरटेनमेनट नामक संस्थाको आयोेजनामा साँगीतिक सामाग्री बिमोचनका साथै सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त संस्थाले काठमाडौंको रातोपुल स्थित रक हाउस क्याफेमा यो कार्यक्रम आयोजना गरी सम्पनन गरेको हो । हुलहुज्जत नगरी आवश्यक व्यक्तिहरुको मात्र उपस्थिीमा भएको कार्यक्रममा संगीत साधना प्रतियोगिताका तीन बिजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

नेपाली पप गायनबाट चर्चा कमाएर पछिल्लो समय बुद्धको जन्म बारे भ्रम चिर्न बिश्व अभियान चलाएका अभियन्ता तथा लुम्बिनी बिकास कोषका सद्भाव दुत चर्चित गायक धिरज राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा साधना गायन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमश राजन श्रेष्ठ, सुशिल गजमेर र रितु सिवालाई नगद सहित पुरस्कृत गरिएको थियो भने प्रमुख अतिथी बनेका गायक राई र रंग पत्रकार गीता अधिकारीलाई सम्मानित गरिएको थियो ।

यमन इन्टरटेन्मेन्टले साधना गायन प्रतियोगिताका बिजेहरुलाई उपहार स्वरुप प्रदान गरेका दुई सहित अरु दुई वटा गीतको भिडियो समेत सो अवसरमा सार्वजनिक गरिएको थियो । यसरी सार्वजनिक गरिएका गीतहरुमा चौतारी मेलैमा र मायाको बन्धन यमन ईन्टरटेनमेन्टका उपहार थिए भने सबै भन्दा पहिले सार्वजनिक गरिएको संस्थाको शिर्ष गीत साधना र भूल आयोजक संस्था भित्रैबाट तयार गरिएका थिए । यस मध्ये चौतारी मेलैमा दिपा बिष्ट र प्रेम खत्रीको शब्दमा ताराबीर पाण्डेको संगीत र राजन श्रेष्ठ र रितु सिवाको स्वर, मायाको बन्धनमा दिलीप घिमिरेको शब्दमा ताराबीर पाण्डेको संगीत र सुशिल गजमेरको स्वर, भूल बोलको गीतमा शब्द र स्वर कुशल गुरुङ तथा तुला पर्वतको संगीत तथा शिर्ष गीत साधना भने आयोजक संस्था परिवारकै श्रृजना र स्वरमा पाण्डेकै संगीत रहेको छ ।

तारावीर पाण्डेले सहजिकरण गरेको र साधना परिवारको संस्थापक कुशल गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गायीका टिका प्रसाईं, गायक सडज लिम्बु सम्बाहाम्फे, सबिन लिम्बु लगायतका कलाकारहरुलाई पनि कार्यक्रममा अतिथि बनाईएको थियो ।

तपाईको प्रतिक्रिया