काठमाडौँ: पेशाले एक कुशल मेकअप आर्टिस्ट तथा ब्युटिसियन रहेकी नब मोडल सुजना बर्देवा नेपाली मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउदै अगाडि बढेकी मोडल हुन् । मोडलिङ सुरु गरेको छोटो समयमानै केहि चलचित्र, म्युजिक भिडियो तथा विभिन्न कार्यक्रममा जादुमय नृत्य तथा अभिनय द्वारा दर्शकहरुको मन जित्न सफल मोडल सुजना अहिले सिने क्षेत्रमा आफुलाई अब्बल साबित गर्न कोसिशरत छिन ।

सिने संसार अर्थात मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको सिने संसारमा रमाउन नचाहने युवा युवती सायद कमै मात्रमा होलान, नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी मोडल हुन् सुजना बर्देवा। उनि अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन । मोडलिङ क्षेत्र हुदै चलचित्रमा समेत अभिनय गरेकी मोडल सुजना बर्देवाले दर्जनौ महोत्सबहरुमा आफ्नो कला कौसल प्रदर्शन गरि सकेकी छिन । विभिन्न नृत्य प्रतियोगितामा समेत भाग लिएर आफुलाई अब्बल साबित गराउदै पुरस्कार जित्न सफल सुजनाले केहि समय नृत्य सिकाउने काम समेत गरिन ।

अभिनय तथा नृत्यमा पोख्त मोडल सुजना बर्देवा सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो । उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै सिने नगरी तथा मोडलिङमा स्थापित हुन चाहन्छिन । नुवाकोटमा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी मोडल सुजना बर्देवा हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभाबकि छिन ।

सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने मोडल सुजना बर्देवा नृत्यमा पोख्त छिन । मोडल सुजना बर्देवाले भनिन्, अब सौन्दर्य पेशा संगै चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि सुजना बताउछिन ।

तपाईको प्रतिक्रिया