काठमाडौँ – नेपाल चलचित्र कलाकार संघले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) नियन्त्रण गर्नको लागि रु. १०,१०००.०० ( एक लाख एक हजार) कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेको कुरा संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी गराए । २०४५ साल देखि अनबरत रुपमा देश र जनताको सेवा तथा सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएको नेपाल चलचित्र कलाकार संघले जब जब देशमा संकटको घडी आउछ उक्त समयमा सहकार्य गर्दै आएको सर्बबिधितै छ । चलचित्र कलाकारहरुको हक हितमा बुलन्द आवाज उठाउदै आएको संघले दुख पिडामा परेका कलाकारहरुलाइ मात्र नभएर सर्बसाधारण नेपालीहरुलाइ समेत सहयोग गर्दै आएको कुरा अध्यक्ष खड्काले जानकारी गराएका छन् ।
विश्वको मानब सभ्यता तथा आर्थिक ब्यबस्थालाइनै तहस नहस पार्दै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड-१९) को संक्रमण बाट जोगिन पनि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदि बहिनिहरुमा संघका महासचिब चेत बहादुर सिंह “राजा” ले आग्रह गरेका छन् । यस संकटको घडीमा मुलुकलाई बर्बादी बाट जोगाउन प्रत्येक नेपाली एकजुट भएर सुरक्षाका साबधानीहरु अपनाउनु पर्ने र सरकारी नियम आदेश पालना गर्नु पर्नेमा समेत उनले जोड दिए ।