कोरोनाको त्रासले गरिएको ‘लकडाउन’का कारण रोजीरोटी गुमेका मजदुरहरुलाई विभिन्न संघ संस्था तथा व्यक्तिगत रुपमा पनि धेरैले सहयोग गरिरहेका छन् ।

नायिका वर्षा शिवाकोटीले पनि मजदुरहरुका लागि राहत स्वरुप एक लाख रुपैयाँ दिने घोषणा गरेकी छन् । आइतवार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले आफ्नो व्यक्तिगत तर्फबाट मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ दिन लागेको बताएकी हुन् ।

दैनिक रुपमा सामाजिक सञ्जालको माध्यमबाट कोरोनाबाट बच्न घरमै विशेष सावधानी अपनाएर सुरिक्षत रहन आग्रह गर्दै आइरहेकी अभिनेत्री वर्षाले कोरोनाबाट देशलाई बचाउन दिनरात खट्ने डाक्टर, नर्स तथा मेडिकलसँग सम्बन्धित व्यक्तिहरु र नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया