‘लकडाउन’ बेला कलाकारहरु फिल्म हेरेर समय विताइरहेका छन् । यसको फाइदा लिदै फिल्म निर्देशक तथा निर्माता विकास आचार्यले भने घरमा नै बसेर फिल्मका लागि कलाकार छानिरहेका छन् । ‘लकडाउन’ घोषणाले फिल्म सुटका लागि छायांकनरत फिल्म पनि अनिश्चितकालका लागि रोकिएका छन् । त्यस्तै, फ्लोरमा निस्कने तयारीमा रहेका फिल्मको छायांकन समेत अन्योलमा परेका छन् ।

यहि महिनाको अन्तिम साताबाट फ्लोरमा निस्कने भनेको फिल्म ‘नाइँ नभन्नू ल ६’ को पनि फ्लेरमा नजाने पक्का भएको छ । सरकारले लकडाउनलाई थप एक हप्ता लम्ब्याएपछि स्थिति सामान्य नहुँदासम्मका लागि छायांकन रोकिएको छ । निर्देशक विकासराज आचार्यले फिल्मका लागि कलाकारको छनोट गरिरहेका छन् । उनले यस फिल्मका लागि अनुभव रेग्मी, सेड्रिना शर्मा, सलोन बस्नेतले अभिनय गर्ने निश्चित भैसकेको छ भने यस फिल्ममा तीन अभिनेत्री रहने छन् । त्यसका लागि अहिले एक अभिनेत्रीको निर्माण पक्षले टुङ्गो लगाइसकेको छ । नाइँ नभन्नू ल ६’ मा अभिनेत्री वर्षा राउतले अभिनय गर्ने फाइनल भैसकेको छ । उनले यही फिल्मको चौथो श्रृंखलाबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।

‘२ नम्बरी’ मा अभिनय गरिरहेकी बर्षा लकडाउनले गर्दा घरमा नै क्वारेन्टाइनमा बसेकी छन् । उनको यसफिल्म पछि रंगपत्रकार सुब्रत आचार्यको फिल्म ‘के घर के डेरा’ मा अभिनय गर्ने तयारीमा थिइन । अहिले फिल्मको सेड्युल बिग्रेकाले बर्षालाइृ सेड्युल मिलाउन हम्मे हम्मे पर्ने अवस्था आएको छ ।

तपाईको प्रतिक्रिया