काठमाडौ । सबै घरमा बसेको बेलामा फिल्म हेर्न बाताबरण बन्छ भनेर होला अहिले नेपाली फिल्म युट्युवमा भकाभकी अपलोड गरिरहेको छ । पछिल्लो समय दर्जनौ फिल्म युट्युवमा हालिएको छ । ‘पोइ प¥यो काले , पञ्जेबाजा , जादुगर २, अनराग’ हिरोन नम्बर १ ’ लगायत फिल्म युटुयुवमा हालिएको छ । भएभरका फिल्म हेरिसकेका नेपाली दर्शकले लकडाउनका बेला युट्युबमा भेटिएका कुनै नेपाली फिल्म हेर्न छाडेका छैनन् ।

यसैलाई लिएर पहिलो नम्बरमा नेपाली फिल्म ‘पोइ पर्‍यो काले’ र दोस्रो नम्बरमा ‘पञ्चेबाजा’ उक्लिएका छन् । दुवै फिल्ममा अभिनेता सौगात मल्लको अभिनय छ । ‘पोइ पर्‍यो काले’ मा काले केटाको भूमिकामा रहेका उनी ‘पञ्चेबाजा’ मा रंगकर्मी देखिएका छन् । शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्‍यो काले’ मा पूजा शर्मा, आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठको अभिनय छ भने धनश्याम लामिछाने निर्देशित ‘पञ्चेबाजा’ मा कर्मा, जश्मिन श्रेष्ठ, बुद्धि तामाङलगायतको अभिनय छ ।  यि फिल्म बाहेक अरु फिल्मले दर्शको मन जित्न सकेको देखिदैन ।

तपाईको प्रतिक्रिया