काठमाडौँ – कोरोना भाइरसले मुलुकको अर्थतन्त्र संकटमा छ । सम्पूर्ण ब्यापार ब्यबसाय ठप्प भएको छ ।कोरोनाको संक्रमणको कारण नेपाल अहिले लकडाउनको अवस्थामा पुगेको छ । बजार सुनसान छ भने ब्यवासयी हतोत्साही बनिरहेका छन् । अझ दैनिक मजदुरी गर्ने ज्यालादारीहरु मारमा परेका छन् । यो बेला कोरोना भाइरससँग लड्दै र संकटका बेला एकले अर्कालाई साथ दिने अभियान चलिरहेका छन् । यहि संकट र महामारीको समयमा धादिङ धुनबेसी नगरपालिका वडा न. ६ निवासी नौबिसेका नेपाली कांग्रेसका क्रियासिल सदस्य, तरुण नेता, समाजसेवी मनिष उप्रेतीले आफ्नो भाडामा लगाएको घरको एक महिनाको घर भाडा मिनाहा गर्ने घोषणा गरेका छन् । रु. ७०,००० (सत्तरी हजार) भाडा उनले घर भाडामा बस्नेहरुलाइ छुट दिएका छन् । समाजसेवामा सक्रिय रहेका उनले उक्त क्षेत्रमा गरिब, पिडित, असाहय, बेसहारा तथा दलितहरुलाई समेत सहयोग गर्दै आएका छन् । युवावर्गमा लोकप्रिय तरुण नेताको छबि बनाएका मनिष उप्रेतीका हजुरबुबा कृष्ण भक्त उप्रेती समेत उक्त क्षेत्रका लोकप्रिय नेता तथा समाजसेवीको रुपमा परिचित थिए । युवा अबस्थामानै राजनीति तथा समाजसेवाको माध्यम मार्फत स्थानिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल तरुण नेता मनिष उप्रेती युवा पुस्ताको लागि प्रेरणाका श्रोत समेत रहेका छन् ।
सरकारको निर्णयलाइ स्वागत तथा आत्मासाथ गर्दै हामी सम्पूर्ण नेपालीहरुले यस महामारीको समयमा हातेमालो तथा सककार्य गर्दै अगाडि बढ्नु पर्ने उनि बताउँछन साथै कतिले ऋण लिएर घर बनाएका हुन्छन यस्तो स्थितिमा सरकारले कम्तिमा सम्पूर्ण नेपालीहरुको बैंकको ब्याज मिनाहा गरिदिन सरकार समक्ष आग्रह गरेका छन् ।
मनिष भन्छन यस विपदको समयमा सरकारी आदेश तथा स्वास्थ्य सम्बन्धि जारि गरिएको सम्पूर्ण नियमहरु पालाना गरौं, सुरक्षित भएर बसौं कोरोना नियन्त्रण गर्न सक्दो सहयोग गरौं ।







































































