एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण हालसम्म धेरै कलाकार पनि प्रभावित बनेका छन् । यस्तै अमेरिकी गायिका क्याली शोरमा पनि कोरोनाको संक्रमण देखिएको छ । आफु कोरोनाबाट संक्रमित भएको बारे उनले सामाजिक सञ्जाल ट्विटरमार्फत बताएकी छिन् ।

उनले ट्विटरमा सामान किन्न घरबाट बजार जादा आफु कोरोनाको शिकार बनेको बताएकी छिन् । उनले ट्विटरमा भनेकी छिन् – ‘म पछिल्लो तीन सातादेखि क्वारेन्टाइनमा बसिरहेकी थिएँ, तर एकदिन सामान किन्न बजार जाँदा कोरोनाको शिकार बन्न पुगे। अहिले भने म ठीक महसुस गरिरहेकी छु’ त्यस्तै ट्विटरमा उनले आफु कोरोनाको संक्रमित हुँदा हुने अनुभव सुनाएकी छिन् । उनले कोरोना भाइरस निकै खतरनाक हुने भन्दै सबैले सामान्य रुपमा लिएको देख्दा दुख लागेको बताएकी छिन् ।

उनले आफु कोरोना संक्रमित हुँदा भएको समस्या पनि खोलेकी छिन् । उनले भनेकी छिन् -‘पहिलो केही दिन मेरा लागि निकै कठिन रह्यो । मेरो पुरै शरीर दुखिरहेको थियो र मलाई ज्वरो पनि धेरै आएको थियो । मैले गन्ध र स्वाद पुरै बिर्सिसकेको छु ।’ गायिका क्याली शोरमा कोरोना संक्रमण भएको बारे भारतिय मिडिया नवभारत टाइम्सले पनि लेखेको छ ।

तपाईको प्रतिक्रिया