काठमाडौ । अभिनेता राजेश हमाल लकडाउनका कारण घरमा नै रमाइरहेका छन् । कहिले श्रीमतीसँग नाचेको भिडियो सामाजिक सञ्जालमा हालेर दर्शकको मनोभाव बुझिरुहेका हुन्छ् भने कहिले मेरो कफीसप भन्दै आफ्नै घरको आगँनमा बसेर चिया पिउदै गरेका छन् । उमेरले पच्पन बर्ष पुग्न लागेका हमाल आफुलाई सधै जवान ठान्छन् । पत्रकारहरुलेउनको उमेर सोध्यो भने एकिन भन्दैनन् बरु १५ बर्ष भनेर ठट्टा मानै उडाइदिने गरेका छन् ।सावृजनिक कार्यक्रममाा भेटिए भने उनी आफुलाई निकै टिपटप बनेर वुग्ने गरेका छन् । धेरैले उनको उमेरको एकिन थाहा पाउँन कठिन नै हुन्छ ।

आज उनले आफ्नो उमेर अनुसारको तस्विर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेसी थाहा भयो उनको उमेर त पुरै ढल्केछ । होम क्वारेन्टाइनमा रहँदा खिचेका तस्वीर तथा भिडियोमा राजेशको जुँगा दारी लामा र सेतै फुलेका छन् । घरमा नै बसेका राजेशले दारी खौरिनसमेत अल्छि मानेका छन् । जसका कारण उनको उमेर अनुसार दारी कति फुलेछन् भन्ने कुरा ठयाक्कै अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया