काठमाडौ । गायक रामकृष्ण ढकालले लक डाउन को बेला घर भित्र को बसाई मा स्वर्गीय आमा लाई सम्झिदै आफ्नो पुरानो तस्विर फेसबुक मार्फत सेयर गरेका छन् ।

ad
२०४५ साल तिर खिचेको तस्विर लाई पहिलो पल्ट सार्वजनिक गरेको भन्दै राम कृष्ण ढकाल ले लेखेका छन्, “मेरी ममतामयी आमा (चन्द्रमाया ढकाल ) !
२०४५ सालमा पहिलो ” ढकाल सुमधुर साँझ ” सकेर म घर गएको बेला आमाको साथमा मैले चितवनमा यो फोटो खिचेको थिएँ।उहाँकै आशिर्वादले आज यहाँसम्म आइपुगेको छु।हरेक पल आमाको सम्झनामा हुन्छु म । मेरा हजारौं गीतभन्दा मीठो अनुभव हुन्छ स्मृतिमा,उहाँले मेरो केवल नाम मात्र बोलाएको पनि,स्वरको तरङ्ग !!!
आमाको साथमा म बसेको यो पुरानो फोटो पहिलो पटक फेसबुकमा राख्दैछु। वि.सं. २०६४श्रावण ५गतेदेखि उहाँको भौतिक साथ नरहे पनि आमाको अपार मातृस्नेह सदा जीवन्त छ। ”

नेपाल स्टार रियालिटी शोको जजका रुपमा रहेका रामकृष्ण ढकाल अहिले कोरोनाभाइरसले गर्दा घरमा लकडाउनको पालना गर्दै बसिरहेका छन् । प्राय सांगीतिक कार्यक्रममा व्यस्त रहने रामकृष्ण ढकाल अहिले फुर्सदको बेला परिवारलाई समय दिईरहेका छन् ।

तपाईको प्रतिक्रिया