काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल अहिले घरमै छन् । विश्पव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण उनीघर बाहिर निस्किएका छैनन् । घरभित्र नै रहिरहदा उनको दाह्री पनि सेतै फुलेको छ ।

लकडाउनका कारण घरमै बस्दा दाह्री फुलेपछि अभिनेता हमालले सामाजिक सञ्जालमा तस्बिर र भिडियो शेयर गरेका छन् । भिडियोमा उनले कति लकडाउनमा बस्ने भन्दै घर नजिकको कफि शप लुकेर जान्छु भन्दै कफिशप पुगेका छन् । उनले आफ्नो फेसबुकमा एक भिडियो र तस्बिरहरु शेयर गर्दै भनेका छन् – ‘ लकडाउनले गर्दा दाह्री फुलेर वैशमै बुढो जस्तो पो देखिदो रैछ त’

तपाईको प्रतिक्रिया