काठमाडौँ– सरकारले देशभर लकडाउन गरेपछि नायिका केकी अधिकारी यतिबेला नियमको पालना गर्दै घरमै बसिरहेकी छन्।

पोखरामा चलिरहेको ‘परदेशी-२’को सुटिङ तत्काल स्थगन गरेकी छन् भने कमेडी च्याम्पियनको वर्ल्ड टूर पनि स्थगन गरिएको उनले जानकारी दिइन्।

उनले लकडाउनले आफूलाई धेरै कुरा सिकाएको बताएकी छन्, फेसबुकको लाइभ मार्फत।

उनले भनेकी छन्, ‘यो लकडाउनले मलाई धेरै कुरा सिकाएको छ। इच्छा नभएको कुरा पनि सिक्‍ने अवसर पाएकी छु। मैले कुकिङ सिकिरहेकी छु, घरमा प्रत्‍येक दिन नयाँ–नयाँ डिश।’

उनले मानव जातिको प्रकृति नै जस्तोसुकै अवस्थामा पनि बाँच्न सक्‍ने भएकाले धैर्यताले बस्न अनुरोध गरेकी छन्। उनले लकडाउनले हामीमा भएको इर्ष्या, रिस, द्वेष कम हुँदै गएको र साहासी, धैर्यवान् बनाएको बताएकी छन्।

उनले भनेकी छन्, ‘म क्वारेन्टाइनमा बसेको आज ठीक १० दिन भयो। तर मलाई एकदमै कम्फर्ट फिल भइरहेको छ। ममा रिस, इर्ष्या छैन। म आफूलाई गर्न मन लागेको पढन् मन लागेको र नयाँ अझै धेरै कुराहरु सिकीरहेकी छु, मानव जीवन र जगतको बारेमा’

उनले मानवलाई एउटा रोगले पनि एकजुट हुन सिकाइदिएको बताएकी छन्। यसले विश्वभर नै मानवता र एकतालाई कायम राख्‍न प्रेरित गरेको बताउँदै भनेकी छन्, ‘हामी मानव जातिलाई धैर्यता, एकता, भूगोल, जाति, वर्ग र क्षेत्रबाट अलग गरिदिएको छ। यो प्रकृतिको नियममा चल्न सिकाएको छ।’

उस्तै उनले घरमा बसेर घरको वातावरणलाई झन् नजिकबाट बुझ्ने मौका पाएको र भान्छाको काम पनि सिकेको बताइन्।

तपाइले घरमा नयाँ काम के सिक्नुभयो भन्‍ने प्रश्‍नमा उनले भनिन्, ‘खासमा किचेनको काम सिकेँ। आलुचप बनाउन सिकेँ। आमा लगायत परिवारसँग भेट्ने अवसर पाएँ।रमाइलो भइरहको छ।’

लकडाउनको बेला उनी भने दिउँसोतिर फिल्मकै पुस्तक पढिरहेकी छन्। उनी भन्छिन्,’ मलाई पुस्तक पढ्न एकदमै मन पर्छ। हेर्न नपाएका र पुराना फिल्महरु हेरिरहेको छु। कुकिङमा रुची बढाइरहेकी छु। दिनदिनै एउटा डिश पकाउन सिकिरहेकी छु।’

उनले लकडाउनले हामी सबैलाई धैर्यता सिकाएको बताउँदै सहनशीलताका साथ दु:खलाई पनि सामना गर्ने भन्ने सामर्थ्य जगाएको बताइन्।

उनले भनिन्, ‘हामी नेपालीहरु धैर्यता र आँटिलो हुनु नै ठूलो कुरा हो। पहिला एक दुई दिन लकडाउन सहन नसके नि अहिले आठ/दश दिन सहन सक्‍ने भएका छौँ। यो हाम्रो धैर्यता हो।’

तपाईको प्रतिक्रिया