काठमाडौं,
चैत २२ ।

‘आकाँक्षा’ नामक गीत सार्वजनिक भएको छ । अनु शाक्य को स्वर, अपेक्षा गुरुङको शब्द÷सङ्गीत र प्रदीप जोशीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शन्तु लामाको निर्देशन रहेको गीतको भिडियोमा लिशा न्यौपानेको अभिनय रहेको छ भने गीतमा ब्याण्डका सबै सदस्यहरुको प्रस्तुति देख्न सकिन्छ ।
रुमन लामाले सम्पादन गरेका छन् गीतको भिडियोलाई । अनु शाक्य भोईस अफ नेपाल सिजन १ कि टप १६ ट्यालेन्ट मध्य एक हुन् । उनले २०१७ मा ‘अनु र बिम्ब’ ब्यान्ड स्थापना गरि सोही ब्याण्ड मार्फत गीतहरु सार्वजनिक गर्ने गरेकी छिन् ।

उनी ब्याण्डको लिड भोकलिष्ट हुन् भने उनीसँगै लिड गिटारिष्टमा दिनेश नकर्मी, रिदम गिटारिष्टमा दिविन शाक्य, ड्रमरमा अशमी महर्जन र ब्यसिष्टमा प्रविन महर्जन रहेका छन् । यो भन्दा अगाडि अनु र बिम्बको ‘सपना’ नामक गीत सार्वजनिक भई सकेको छ ।

तपाईको प्रतिक्रिया