काठमाडौ । कोरोना भाइरस (कोभिड १९)त्रासका कारण देशमा लकडाउन लागेको बेला अभिनेता सरोज खनाल भने अमेरिका उठेका छन् । उनी परिवारलाई भेट्नको लागि अमेरिका हिडेको बताएछन् । अमेरिकाले आज अथाृत आइतबार आफ्ना ३०३ नागरिकलाई अमेरिका फर्काउने क्रममा खनाल पनि अमेरिका गएका हुन् । कोरोना भाइरसको विश्वव्यापी महामारी र नेपालमा पनि त्यसको संक्रमण पुष्टि भएका बेला अमेरिका लगायत फ्रान्स, जर्मनीले पनि नेपालबाट आफ्ना नागरिकहरु फिर्ता लगिरहेका छन् ।
नेपालमै बस्ने अव अमेरिका नजाने बताएका अभिनेता खनालेले नेपाल छोडेका हुन् । उनी केहि समय देखि घरमाा बसेर फेसबुक तथा सामाजिक सञ्जालमा भिडियो मार्फत कविता वाचन गर्ने, सामाजिक संदेशहरु दिने, ब्यायाम गर्ने गरिरहेका थिए । त्यस्तै उनि केहि फिल्महरुको स्क्रिप्ट पनि पढिरहेका थिए । कोरोनाको कारण छायांकनमा रहेका उनका तिन वटा फिल्महरु प्रभावित भएका थिए ।
अमेरिकाको भर्जिनियामा बस्दै आएका उनी लामो अमेरिका बसाईपछि नेपाल फर्किएर अभिनय सँगसँगै व्यापार पनि सम्हालिरहेका छन् । लकडाउनले उनको पोल्ट्रीफार्म ब्यबसायलाई पनि असर गरेको छ । उनी भन्छन्, ‘लकडाउनले मेरो व्यापार पनि चौपट छ। सब मार्केट बन्द छ के गर्नु । अब खाद्यान्न कहीं दिनु पर्यो भने अण्डा सप्लाई गर्ने गरेको छु ।’