कोरोनाको कारण विश्व नै यतिबेला संकटमा रहेको छ। विश्वका अधिकाश देश लकडाउनमा रहेका छन्। व्यापार व्यावसाय सवै ठप्प रहेको छ। यसकारण पनि हरेक क्षेत्रमा आर्थिक संकट रहेको छ। हुदा खाने र दैनिक काम गरेर काहने वर्ग यसको प्रत्यक्ष मारमा परेको छ।
नेपाल पनि करिव दुई हप्ताबाट लकडाउनमा रहेको छ। यसबाट हरेक क्षेत्र प्रत्यक्ष प्रभावित भैरहेको छ। नेपाली चलचित्र क्षेत्र पनि यसबाट अछुतो रहन सकेको छैन। बिशेष गरि चलचित्र प्राविधिकहरु यसको मारमा परिरहेका छन्। कलाकारहरु प्राविधिकको सहयोगार्थ प्राविधिक संघलाई आफुले सक्ने सहयोग गरिरहेका छन्। यहि बीचमा अभिनेत्री पूजा शर्माले प्राविधिकलाई सहयोग गर्ने घोषणा गरेकी छिन्। उनले २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने घोषणा गरेकी हुन्।
प्राविधिकलाई पूजाको २ लाख बराबरको खाद्यान्न सहयोग
