काठमाडौं – धेरै मानिसहरु सुतेपछी विभिन्न सपनाहरु देख्ने गर्छन् । सुतेपछी कसैले राम्रो सपना देख्छन् त कसैले नराम्रो । ज्योतिषशास्त्रमा सपनामा जस्तो सपना देख्यो त्यही अनुसार फल पाइने बताइएको छ ।
कस्तो सपना देख्दा शुभ या अशुभ हुन्छ भन्ने हामि सबैलाई चासो हुन सक्छ । हामिले सपनामा देखिएका सबै चिज हाम्रो जीवनसँग जोडिएका हुन्छन् । त्यसैले सपनामा देखिएका कुरालाई वेवस्ता गर्नु भन्दा पनि त्यसको वास्तविकता बारे चासो राख्नु राम्रो हुन्छ । कहिलेकाही हामिले नसोचेका वस्तु, जन्तु र चीज देख्ने गर्छौ ।
सपनामा यदि हामिले बिरालो देखेमा निकट भविष्यमा कसैसँग झगडा हुनसक्छ भन्ने अर्थ लाग्ने बुझिन्छ । त्यस्तै सपनामा माउसुली देखिएमा दुर्घटना, घरमा चोरी लगायतका घटना हुनसक्ने अर्थ लाग्ने बताइन्छ । यदि सपनामा कुकुर रोइरहेको देखिएमा जीवनमा केही नराम्रो हुने बुझिन्छ । त्यस्तै सपनामा गाई देखिएमा धन हुने बुझिन्छ ।
सेतो गाई देखिएमा चीनी वा चाँदीको व्यापारबाट लाभ हुने बुझिन्छ भने छिर्केमिर्के रंगको गाई देखिएमा धन लाभ हुन्छ । सपनामा यदि आफ्नो वा अरु कसैको मृत्युको सपना देखिएमा जीवनमा केही समस्या समाप्त हुँदैछ भन्ने बुझिन्छ । त्यस्तै केही नयाँ काम बन्न पनि बुझिन्छ ।