अहिले कोरोना भाइरस महामारीविरुद्ध भारत पनि लडिरहेको छ । २१ दिन लामो लकडाउन घोषणा भएको भारतमा सबै जना घरभित्र बस्न बाध्य छन् । अनि यही समयमा बलिउडका कलाकारहरु पनि चुपचाप घरमै बसिरहेका छन् ।
कलाकारहरु रणवीर सिंह र दीपिका पादुकोण पनि घरमै छन् । एक्सरसाइज गर्ने कुरा त एउटा यी दुईले एकअर्कासँग रमाइलो पनि गरिरहेका छन्, सामाजिक सन्जालमा ।
यसको उदाहरण हो, दीपिकाले केहीअघि मात्र राखेको एक इन्स्टाग्राम फोटो ।
उनले यो फोटोमा रणवीरलाई बिरालो भनेकी छिन् । बिरालोले आफ्नो जीवनको ७१ प्रतिशत समय सुतेर बिताउने भन्दै यो लकडाउनमा उनले रणवीरलाई बिरालो भनेकी हुन् । उनको यो कुरा अब सामाजिक सन्जालमा निकै भाइरल हुन थालेको छ ।