काठमाडौं । विश्वभर कोरोनाभाइरस (कोभिड १९)को संक्रमण फैलिएसँगै यसबाट सुरक्षित रहन र लकडाउनपछि घरभित्र बसेका आममानिसलाई आत्मबल र उत्साह थप्ने काम भइरहेका छन् ।

यसैक्रममा कलाकारहरुले आफ्नो कलामार्फत कोरोनाबाट बच्न जनचेतना जगाउँदै र लकडाउनपछि घरमा कैदीबन्दी जस्तो दिन बिताइरहेका मानिसलाई उत्साह थपिरहेका छन् ।

वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द सृजना, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र चर्चित गायक विश्व नेपालीको स्वर रहेकोे जागरण तथा सन्देशमूलक गीत सार्वजनिक गरिएको छ ।

कोरोनाको त्रासका कारण मान्छेलाई देख्दा मान्छे नै तर्सिनु पर्ने सृजित अवस्थालाई समेटेर ‘ मान्छेलाई देख्तानी मान्छेलेनै तर्सिनु पर्ने के होला’ बोलको गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा देवेन्द्र नेवास्को सङ्गीत संयोजन, महेश्वरमान राजभण्डारीको ध्वनि मुद्रन तथा मिश्रणमा तयार भएको श्रव्य गीतको दृश्य मिश्रण वीरेन्द्र भाट विपिनले गरेका छन् ।

तपाईको प्रतिक्रिया