काठमाडौँ – नेपालका दिवेस पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको टप-२० मा पुगेका छन्।

पोखरेलले पछिल्लोपटक बब मार्लीको गीत गाए र अघिल्ला सबैपटक झैँ तीनैजना जजहरुबाट स्टेन्डिङ ओभिएसन पाए। स्टेजमा आफूलाई आर्थर गनको उपनामले चिनाएका दिवेशले बब मार्लीको इज दिस लभ गित गाएका थिए।

जजमध्येका सबैभन्दा अनुभवी लियोनल रिचीले दिवेशलाई टप-२० मा पुगेको निर्णय सुनाउनुअघि उनको मज्जाले तारिफ गरेका थिए। रिचिले दिवेशलाई अगाडि बढाउने निर्णय सबैभन्दा सजिलो भएको भन्दै उनको क्षमताको खुलेर तारिफ गरे। उनका अनुसार दिवेश प्रतियोगिताकै सबैभन्दा युनिक प्रतियोगि हुन्।

काठमाडौँमा जन्मिएका दिवेश पाँच वर्षअघि मात्र अमेरिका पुगेका थिए। उनले विश्वभरका युवाहरुलाई आफ्नो सपना पछ्याउन प्रेरित गर्नु आफ्नो लक्ष्य रहेको बताएका छन्। नेपाली कलातार विश्वको यति ठूलो रियालिटी सोमा यति माथिसम्म पुगेको पहिलोपटक हो।

दिवेशले गाएको बब मार्लीको गीत सुन्न उनको परिवार पनि सामुन्ने पुगेको थियो।

तपाईको प्रतिक्रिया