काठमाडौं – साउथ फिल्मका चर्चित हास्य कलाकार बुलेट प्रकाशको निधन भएको छ । उनको अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनको उपचार बेङ्लोरको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखेर गरिएको थियो ।

उनको वजन एक्कासी ३५ किलो घटेपछि स्वास्थ्यमा समस्या आएको बताइएको छ । उनको अन्तिम संस्कार मंगलबार गरिएको छ । ४४ वर्ष पुगेका बुलेट प्रकाश ैं साउथ फिल्मका चर्चित हास्य कलाकारमा गनिने गर्थे । उनले हालसम्म ३ सय बढी फिल्म खेलिसकेका थिए ।

तपाईको प्रतिक्रिया