लण्डन। चर्चित बेलायती अभिनेत्री हनर ब्ल्याकमेनको निधन भएको छ । उनी ९४ वर्षकी थिइन् । उनले आफ्नो करिअरमा कैयौं फिल्म गरिन् तर सबैभन्दा बढी चर्चा जेम्स बोन्डको फिल्मबाट पाएकी थिइन् । ब्ल्याकमेनको परिवारले एक बयान जारी गर्दै उनको दक्षिण पूर्वी इङल्याण्डस्थित आफ्नो घरमा निधन भएको जनाएको छ । ब्ल्याकमेनका २ छोराछोरी र ४ नातीनातिनी छन् । उनको निधन प्राकृतिक नै भएको परिवारले जनाएको छ ।

हनर सबैभन्दा पहिले १९६० को दशकमा रिलिज भएको टिभी सिरियल ‘द एभेन्जर्स’बाट चर्चामा आएकी थिइन् । १९६४ मा रिलिज भएको जेम्स बोन्ड सिरिजको तेस्रो फिल्म गोल्डफिंगरबाट उनले ठूलो चर्चा पाइन् । त्यतिबेला उनी ३९ वर्षकी थिइन् ।

तपाईको प्रतिक्रिया