काठमाडौं। लकडाउनका बेला गाडी लिएर बाहिर निस्किएकी दक्षिण भारतीय अभिनेत्री शर्मिला मांडरे भयानक दुर्घटनामा परेकी छिन् । बिहान करिब ३ बजेतिर भएको दुर्घटनामा शर्मिलाको साथमा एक साथी पनि भएको बताइएको छ । दुवैलाई फोर्टिस अस्पतालमा भर्ना गरिएको छ । दुर्घटना तेलंगनाको बसन्तनगरमा भएको हो।

शर्मिलाको गाडी अण्डरब्रिजको एक पिलरसँग ठोक्किएको बताइएको छ । खबरअनुसार शर्मिलासँग लकडाउनमा सवारी चलाउने पास समेत थिएन । शर्मिला र उनका साथीको अवस्था गम्भीर बताइएको छ । बिना पास यति राती सवारी चलाउने आवश्यकता किन पर्यो भन्ने विषयमा पनि पुलिसले जाँच गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया