काठमाडौं, २८ चैत / लोकप्रिय हास्यकलाकार केदार घिमिरे अर्थात् माग्नेबुढाको आज जन्मदिन । १९७५ अप्रिल ११ तारिखका दिन घिमिरेको जन्म मकवानपुरमा भएको हो ।

यस आधारमा उनी आज ४५औं जन्मदिन मनाउँदैछन् । सन् २००२ देखि कलाकारितामा लागे पनि घिमिरेलाई रातारात हिट बनाएको ‘मेरी बास्सै’ हास्यटेलिशृंखलाले हो । सोही टेलिशृंखलामा उनले निभाएको माग्नेबुढाको क्यारेक्टर नै उनको परिचय बनेको छ ।

पछिल्लो समय उनी निकै व्यस्त र महँगो कलाकारको रूपमा स्थापित छन् । उनलाई आफ्नो चलचित्रमा १० लाख रुपैयाँसम्म पारिश्रमिक दिएर खेलाउन निर्माता निर्देशक राजी हुन्छन् । घिमिरेले अर्का सहकर्मी कलाकार सीताराम कट्टेल धुर्मुससँग जोडी बाँधेर ‘मेरी बास्सै’ निर्माण गरेका थिए । दुवै कलाकार सोही टेलिशृंखलाबाट रातारात स्थापित बनेका हुन् ।

जन्मदिनको अवसरमा माग्नेबुढालाई उनको फेसबुक टाइमलाइनमा बधाई दिनेको ओइरो लागेको छ । कलाकार, पत्रकार तथा शुभेच्छुकले उनलाई बधाई दिइरहेका छन् ।

यसैक्रममा कलाकार निर्माता दीपकराज गिरीले जन्मदिनको बधाई दिँदै माग्नेबुढा एकाघरको भाइ जस्तो भएको भन्दै उनको सफलतामा आफ्नो सफलता र उनको खुसीमा आफ्नो खुसी भएको उल्लेख गरेका छन् । दिपकराज गिरी लेख्छन् :
आज भन्दा धेरै बर्ष अगााढि चैत्र २८ गते हेटौडामा केदार प्रसाद घिमिरे “जन्मिए। त्यस्का बाजे, “ अत्यन्त खुशि भएर कति जना लाइ त लात्तिले हानेर बारिका पाटामा पनि पुर्याए होलान

खान लाउन नै मुश्किल पर्ने परिवार त थिएन.ठिकठाक परिवार थियो!! छोरो भबिष्यमा डाक्टर होला, इन्जीनियर होला भनेको छोरो त ठूलो भएर “ माग्ने “ पो भयो “ हल्का रमाइलो” भन्दै कडा रमाइलो गर्न थाल्यो

तर यस्तो माग्ने भयो जस्का डाक्टर पनि फ्यान, इन्जीनियर, बकिल, नेता सबैले “आहा माग्ने” “ ओहो माग्ने” “ गज्जब माग्ने” भन्ने भयो… आजको मितिमा ३ करोड नेपालीको सर्वाधिक प्रिय हास्य कलाकार बन्न पुगे केदार उर्फ़ माग्ने देशले राम्रो कलाकार पायो, पिताजी ले सुपुत्र पाए, सीतादेबी ले असल पति पाइन तर त्यो भन्दा महत्वपूर्ण कुरा मैले एक सहयोगी, एकाघरका भाइ झै लाग्ने प्रिय साथि पाएँ अर्काको उन्नति र प्रगतीमा कहिले रिस नगरि सधै एकजूट भएर सहकार्य गर्दै जाने दूर्लभ स्वभाब भएका प्यारो माग्ने बूढा

त्यसैले आजको दिनमा माग्ने बूढालाइ लाइ भन्दा पनि उस्लाइ जनामदिने बुबा आमा लाइ धन्यवाद छ !नमन छ प्रिय भाइ, साथि, मेरा दाहिने हात केदार प्रसाद घिमिरे जन्मदिनको लाखौ लाख शुभकामना, अझै धेरै उन्नती प्रगतीको कामना गर्दछू…

तपाईको प्रतिक्रिया