काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठका लागि चैत २८ गते निकै पीडादायी दिन हो । दुई वर्षअघि क्यान्सरका कारण श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको निधन भएको थियो ।
ad
आफूलाई असाध्यै माया गर्ने र केयर गर्ने श्रीमती गुमाउनुपर्दा मदनकृष्ण त्यसदिन निकै रोएका थिए । धार्मिक तिथिअनुसार शुक्रबार यशोदाको दोस्रो पुण्यतिथि । मुलुक लकडाउनमा छ । यस्तो अवस्थामा घरकै परिवारका सदस्यले यशोदाको वार्षिक श्राद्ध गरेका छन् । दोस्रो पुण्यतिथिका दिन मदनकृष्णले श्रीमतीको नाममा बत्ती बालेका छन् । बत्ती बालेपछि घरको ढोका अगाडि राखेको श्रीमतीको तस्बिर हेरेर मदनकृष्ण भावुक बनेका थिए ।
छोरा यमनले भने श्राद्धको काम गरेका छन् । बुबा बिरामी र कमजोर भएपछि छोरी सराना श्रेष्ठ पनि अहिले नेपालमै आएकी छन् ।