किरणप्रसाद अधिकारी
हामी अहिलेको अवस्थामा कसैसँग डराएको छैनौ । डराएको छौ केवल कोरोना भाईरस (कोभिड-१९)सँग । यो भाईरसका कारण विश्व नै अहिले त्राहिमाम भएको बेला छ । यसक कारण विश्वका नागरिक अहिले आतंकित भइरहेका छन् ।

महामारीको रुपमा आईरहेको यो भाईरस चीनको बुहान शहरबाट शुरु भएर विश्व भ्रमणमा छ यतिवेला । यो लेख तयार पार्दासम्म विश्वभर १६ लाख ९१ हजार ७ सय १९ जना सक्रमित भईसकेका छन् । त्यसैगरी ३ लाख ७६ हजार ९६ जना निको भएको छ । यो कोरोना भईरसले विश्व भरि नै १ लाख २ हजार ५ सय २५ जनाको ज्यान लिईसकेको छ । संक्रमित र मृतकको सङ्ख्या घटने हैन बढ्दै जाने देखिएको छ भने बढ्दै पनि गईरहेको छ ।

नेपालमा हालसम्म ९ जना सक्रमित देखिएको छ भने एक जना निको भएको छन् । हालसम्म नेपाल भित्र नै यो रोग लागेर कसैले पनि मृत्युवरण गर्नु परेको छैन् । तर, नेपाल र नेपाली हामी सुरक्षित छौ भनेर भन्न सक्ने अवस्था भने छैन् । सरकारले सबै भन्दा बच्ने उत्तम उपाय भन्दै ‘लकडाउन’ गरेको छ । फेरि पनि हामीकहाँ ‘लकडाउन’ लाई त्यति महत्व दिएर मानिरहेको अवस्था भने देखिदैन । हामी किन यो ‘लकडाउन’ मानिरहेको छैनौ । अचम्मको बिषय बनिरहेको छ । भोली गएर स्थिति बिकराल बन्दा अनि लाशको चाङ्ग लाग्दा फेरि सरकारलाई नै गाली गर्छौ । तर, त्यो भन्दा पहिला सरकारले भनेको कुरा मानेर हाम्रो लागि हो भनेर माने पो स्थिति त्यति भयाबह नहोला । अहिलेसम्म हामीलाई पशुपतिनाथ जोगाएका छन् त्यो स्वाभाविक रुपमा भन्न सकिन्छ । सरकारले ‘लकडाउन’ गर्नु बाहेक अन्य प्रभावकारी काम गर्न सकेको देखिदैन ।

विश्व स्वास्थ्य सङ्गठनले भने जस्तो परिक्षणको दयारा बढाउँन सकिरहेको छैन । सरकार यो बिषयमा गम्भीर भएर अगाडी बढ्नु पर्ने देखिन्छ । हामी नागारिक जिम्मेवार भएर अगाडी बढ्नुपर्छ । बिश्वाको शक्तिशाली रास्ट्र भनेर चिनिएका राष्ट्रहरु यो रोगको कारण तहसनहस भएका छन् । आर्थिकदेखि हतियार सम्मको लागि शक्तिशाली मानिएको अमेरिकासमेत यसका कारण तहसनहस भएको छ । ईटाली र स्पेन अनि फ्रान्स अझै भनौ युरोपियन मुलुकहरु पनि उठन नसक्ने गरि थला परिसकेका छन् ।

अब आफैँ भन्नुहोस् हाम्रो जस्तो राष्ट्रमा यो रोग फैलियो भने के हालत हुन्छ ? एकदम धेरै मन पोलिरहेको छ । सोच्न सकिरहेको छैन । होशियार ! दाजु भाई दिदी बहिनी अमेरिका, ईटाली, स्पेन, फ्रान्स जस्तै लाश गाड्न पनि ठाउँ नहोला । आफन्त मर्दा मलामी जान परै जावोस छुन समेत पाईदैन । देख्नु भएको होला नि बाहिर डोजरले खाल्डो खन्दै पुर्दै गरेको दृश्य । छिमेकी देश भारतमा अहिले यो रोग भुसको आगो जसरी फैलिएको छ । त्यसको असर हामीलाई प्रत्यक्ष पर्छ । त्यसैले अहिले हामी कोरोना नेपालमा फैलिएको छैन भनेर बस्यौ भने त्यो ठूलो गल्ति हुन्छ किनकि खुल्ला सिमानाको कारण भोली तराईमा यो रोगले बिकराल रुप लिनसक्छ । सरकारले बेलैमा सचेत हुनुपर्छ र हामी नागरिक पनि सचेत हुनैपर्छ । भारत यो रोगबाट मुक्त नभई नेपालमा यसको डर कहिले पनि कम हुने देखिदैन । त्यसैले हामी सुरक्षित हुनुपर्छ । जबसम्म नागरिक नै सचेत हुदैन तबसम्म यो रोग कम हुने हैन फैलिने देखिन्छ ।

अर्को कुरा अबस्य पनि ‘लकडाउन’ले कतिपयालाई छाक टार्न मुस्किल छ तर त्यसलाई सरकारले हेर्नुपर्छ र हेर्छ । तर, नागरिक नै हुने खाने र बोलवालाले मात्र राहत लिएको पनि देखिएको छ । आफैँ जिम्मवार बनौ । अर्को गम्भिर कुरा नेपाली दाजु भाई र नागरिकले सोच्न पर्छ त्यो हो जसरी अमेरिकाले अहिले कोरोना भाईरस चाइना भाइरस भनिरहेको छ भारतले अहिले नेपाली जनप्रतिनिधिलाई भारत कोरोना भाइरस फैलाउन लागिपरेको आरोप लगाउन थालेको छ । त्यसैले रोगको कारण देखाउदै भारतले हामी र हाम्रो देशलाई अप्ठारो बनाउने काम नगरोस् । खबरदारी गरौ ।

सम्पादक
सुन्दरादेबी संदेश साप्ताहिक

तपाईको प्रतिक्रिया