काठमाडौँ – चिनको वुहान शहर हुँदै संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारणले अहिले विश्वनै अस्त ब्यस्त अबस्थामा रहेको छ । मानब जिबन भयभित बनेको छ भने विश्व अर्थतन्त्र धरासायी भएको छ । सम्पूर्ण कामहरु ठप्प भएका छन्, उधोग धन्दा बन्द भएका छन्, मानिसहरु आर्थिकरुपले कम्जोर बन्दै गएका छन । नेपाल लगायत सम्पूर्ण विश्वनै अहिले लकडाउनको स्थितिमा पुगेको छ । हाम्रो जस्तो अबकिसित तथा गरिब मुलुकका अधिकांस जनताहरु दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गरेर घर परिवारको पेट पाल्दै आएको अबस्थामा मुलुक यसरि लामो समय सम्म लकडाउनको स्थितिमा हुँदा गरिब, निमुखा श्रमजीबी मजदुरहरु मार मा परेका छन् । सरकारले ज्यालादारी मजदुर, गरिब पिडितहरुको लागि राहतको समेत ब्यबस्था गरेको छ तर उक्त राहत पर्याप्त नहुन सक्छ । तसर्थ हामी देशका सचेत नगारिक तथा सेलिब्रेटी कलाकारहरु भएको कारणले जनताहरुलाई कोरोना भाइरस संक्रमण बिरुद्धको जनचेतना फैलाउनु र विभिन्न माध्याम द्वारा पिडितहरुलाइ सहयोग गर्नु यस संकटको घडीमा प्रमुख उत्तरदायित्व भित्र पर्न आउछ । हामी कलाकारहरुले सामाजिक संजाल, समाचार, टेलिभिजन लागायत अन्य माध्यम बाट जनचेतना अभिबृदी हुने कार्य गर्दै आएको सर्बबिधितै छ भने कलाकारहरुले राहत वितरणमा समेत सक्रिय रहदै सयौं श्रमजीबी मजदुरहरुलाई खाद्यान्न वितरण गर्दै आएका छन र सहयोग गर्ने क्रम जारि छ ।

हामी सम्पूर्ण नेपालीहरु यस कोरोना भाइरसको महामारी तथा संकटको परिस्थितिमा एकजुट भई विश्व स्वास्थ्य संगठनले जारि गरेको स्वास्थ्य जानकारी, नेपाल सरकारले लागु गरेको जनहितका निर्णयहरु पालना गर्दै यस महायुद्धलाइ जित्नुको अर्को विकल्प छैन । यस विषम परिस्थितिमा एक अर्कालाइ सहयोग गर्नुनै सबै भन्दा ठुलो मानब धर्म हो तसर्थ हामी सम्पूर्ण नेपालीहरुले आ-आफ्नो तर्फ बाट यस महामारीको समयमा सक्दो सहयोग गरौं, सरकारी नियमहरु उल्लघंन नगरौं। हामी एक जिम्मेवार नागरिकको हैसियतले आफ्नो जिम्मेवार बाट बिमुख नभईकन परिआएको खण्डमा देश र जनताको लागि सक्दो सहयोग गर्ने बचन बद्दता प्रकट गरौं । यस लकडाउनको स्थितिमा मानब लगायत अन्य सडकमा भौतारिरहेका जनावार, पशु पंक्षि समेत भोकै तड्पिनु नपरोस र हाम्रो सहयोग समेत प्रयास जारि राखौ। हामि जहाँ छौ, जुन स्थितिमा छौं त्यहि बाट निमुखा असाहयलाइ भरपुर सक्दो सहयोग गरौं । धन्यबाद – रबिन्द्र खड्का अध्यक्ष नेपाल चलचित्र कलाकार संघ

तपाईको प्रतिक्रिया