नेपाल तीन हप्ताका लागि लकडाउनमा छ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि सरकारले बन्दाबन्दी गर्ने निर्णय गरेको हो । यो समयमा घरभन्दा बाहिर निस्कन नपाइने हुँदा आम सर्वसाधारणझैँ नेपाली सेलिब्रेटीहरु पनि घरभित्रै नजरबन्द हुनुपरेको छ । वर्षमा विरलै घरमा बस्न पाउने कलाकारहरु अहिले परिवारसँग बसेर समय विताइरहेका छन् ।

छायांकन वा अन्य कामको शिलशिलामा बिहानै घरबाट निस्कनु पर्दा चाड-पर्वबाहेक कमै कलाकारहरुले भान्सामा मिठामसिना परिकार पकाउन र सिक्न पाएका थिए । यो लकडाउनको समयमा भने धेरै कलाकारहरु कुकिङमा रमाइरहेका छन् । कसैले परिवारका सदस्यबाट विभिन्न प्रकारका खानेकुरा पकाउन सिकिरहेका छन् त कसैलाई युट्युब गुरुसरह बनेको छ ।

जति नै सुःख सुविधामा हुर्किएका व्यक्तिलाई पनि भान्साका आधारभूत कुराहरु भने थाहा हुन्छ । जस्तैः चिया बनाउन, भात पकाउन, तरकारी काट्नलगायत । सम्भवतः हामी कोही यस्ता नेपाली छैनौं, जो कहिल्यै भान्सा नछिरेका हौं र माथि उल्लेखित भान्साका आधारभूत कुराहरु नबनाएका हौं । तर, के तपाईंहरुले कहिल्यै कालो चिया समेत उमाल्न नआउने व्यक्ति भेट्नु भएको छ ? सम्भवतः छैन ।

तर, आज हामी तपाईंहरुलाई कालो चिया समेत उमाल्न नआउने एक नेपाली सेलिब्रेटी चिनाउँदैछौं । लकडाउनअघिसम्म अभिनेत्री रीमा विश्वकर्मालाई कालो चिया समेत बनाउन आउँदैन थियो रे ! यो उनैले भनेको कुरा हो । आफ्ना प्रशंसकहरुसँग सामाजिक सञ्जालमा लाइभ कुराकानी गर्ने क्रममा उनले बल्ल आफूले कालो चिया बनाउन सिकेको बताएकी हुन् ।

काम व्यस्तताका कारण भान्सा छिर्ने समय नहुने भएकाले रीमालाई कालो चिया समेत बनाउन नआएको रहेछ । उनले भनेकी छन्, ‘लकडाउनको समयमा बल्ल कालो चिया बनाउन सिकेँ । मसँग भान्साको काम गर्ने समय हुँदैन । मेरो कामको प्रकृति नै फरक छ । अब बल्ल पकाउन सिक्दैछु ।’ तर, उनको यो कुरा अहिले सामाजिक सञ्जालमा मजाकको विषय बनेको छ ।
लकडाउनको समयमा आफूले कालो चिया बनाउन सिकेकोमा खुसी व्यक्त गरेकी रीमालाई उनका प्रशंसकहरुले अर्को लकडाउनमा भात पकाउन सिक्न सुझाव दिएका छन् । त्यस्तै, एक दर्शकले उनको कुरालाई व्यंग्य गर्दै लेखेका छन्, ‘पानी तताउन पनि सिक्नु भो कि ?’ हुन पनि, कालो चिया बनाउनु भनेको पानी तताउनुभन्दा भिन्न छैन । त्यसमा चिनी र चियापत्ती मात्र थप्ने हो ।

अभिनेत्री रीमा विश्वकर्मा सम्पन्न मुलुकमा जन्मे-हुर्केकी पनि होइनन् । नेपालको बर्दियाको गुलरिया उनको जन्म भएको थियो । बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भण्डारको रूपमा पनि चिनिन्छ । अर्थात्, यहाँ बसोबास गर्ने मानिसहरुको प्रमुख पेशा नै कृषि हो । यो क्षेत्रमा जन्मिएको व्यक्तिले कालो चिया समेत बनाउन आउँदैन र बल्ल सिकेँ भन्नु पाच्य कुरा भएन है ! रीमाजी ।

SOrce :- Filmy KHabar

तपाईको प्रतिक्रिया