काठमान्डाँै , चैत्र ३०

नेपाली काग्रेस सोलुखुम्बुकानेता प्रकाश सिंह कार्कीले कोरोना भाइरसको कारणवाट सिर्जना भएको विसम परिस्थितीलाई मध्य नजर गदैँ सोलुखुम्बु स्थायी घर भै हाल काठमान्डाँैमा बसोवास गर्ने अति बिपन्न समुदायका २८५ परिवारलाई राहत बितरण गरेका छन । काठमान्डौँ को पेप्सिखोला मेडिकल कलेज कोटेश्वर चाबहिल धुम्बाराही , निलोपुल कपन , चावहित लगायत आसपास बस्ने सोलुखुम्बु बासीहरुको समस्यालाई मध्यनजर गदै राहत सामाग्री वितरण गरेको उहाँले बताउनुभयो । प्रति परिवार चामल, एक किलो दाल नुन, तेल लगायतका राहत सामाग्रीहरु वितरण गरिएको हो ।

उहाँले आफ्नै लगानीमा स्वेच्छिक रुपमा सहयोग गरेको बताएका छन् । कोरोनाको त्रासले सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गरिरहेका परिवारलाई साँझ बिहानको छाक टार्न समस्या नहोस् भन्नका लागि राहत दिइएको उहाँको भनाई छ । काठमान्डाँैमा बसेर अध्ययन गदै गरेका र खाध्य संकटको सामना गरिरहेको परिवारलाई सो सहयोग उपलब्ध गराएको बताउनुभयो ।

सरकारले पनि विपन्नलाई विभिन्न सहयोगी मार्फत राहत बितरण गरेको थियो ।राहत पाएपछि संकटको घडीमा पनि ब्याक्तिगत हिसाबले देखाएको सहानुभूति प्रति पिडितहरुले खुसी व्यक्त गरेका थिए । लकडाउनले समस्यामा परेका बिपन्न र पीडित व्यक्तिहरुलाई सवैले सहयोग गर्नुपर्ने नेपाली काग्रेसकी नेत्री सरला नाछिरिङ राईले बताउनुभयो । नेता काकीले यस अगाडि सोलुखुम्बु बहुमुखी क्याम्पसको स्वार्ण महोत्सव को मेचि हाकाली अभियानमा १० लाख सहयोग रकम दिने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । । राहातका लागि सोलुखुम्बु कै स्थानिय नेपाली काङ्ग्रेसको नेत्री तथा समाजसेबी सरला नाछिरिङ राईले समन्वय गर्नु भएको छ साथै राईले पनि केही स्थानहरुमा ब्यक्तिगत रुपमा राहात बितरण गर्दै आउनु भएको छ । साथै जिल्लामा समय समयमा आपतमा परेका सयौलाइई आर्थिक सहयोग गरि समस्यमा परेकाहरुलाई उद्दर गर्दै आउनु भएको छ।

तपाईको प्रतिक्रिया