मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनु पर्ने देखिन्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनत अनुसार फाइदा कमै होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहोला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने छ ।
मकर ( जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो )
व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ ।
https://www.youtube.com/watch?v=qmFSgDvOFro