चितबन , बैशाख २ ।

नवबर्षको अवसरमा सक्षम नेपाल अभियानले सडकमा खटिराखेका प्रहरी हरुका लागि खाजा खुवाएर मनाएको छ।

विश्व लगायत नेपाल पुरै कोरोनाको त्रास बढ्दै गइराखेको छ, देश पुरै कोरोना प्रकापको कारणले ठप्प छ। तर प्रहरी दाजुदिदिहरु यो तातो घाममा, सङ्क्रमणको कुनै प्रवाह नगरि जनताको सुरक्षाका लागि खटिइराख्नुभएको छ। अभियानले आज करिब ८० जना प्रहरी दाजुदिदिहरुका लागि खाजा स्वरुप पानी, विस्कुट, फुर्टि दिएर मनाएको छ।

चितवनको पुलचोकबाट सुरु गरेको वितरण कार्यक्रम सहिदचोक,लायन्सचोक, क्याम्पस गेट, चौविसकोठि, पारस बसपार्क चोक, आपटाडि हुदै पुनस् पुलचोकमा आएर समापन गरेको हो।अभियानका संयोजक प्रकास थापाले दिनभरि घाममा सुरक्षा गरेर बस्नुहुने सुरक्षाकर्मि दाजुदिदिहरुका लागि खानाखाजाको कुनै समय छैन तर पनि जनताकै सुरक्षाका लागि खटिनुभएको छ, यो बेलामा सबैले सहयोग गर्नुपर्छ भनेर खाजा स्वरुप वितरण गरेको बताउनु भयो।

यस्तै अर्का अभियान्ता अनु श्रेष्ठ ९परियार०ले यो बेलामा सबैले सरकारको नियमलाई पालना गरेर प्रहरी दाजुदिदिहरुलाई सहज हुने गरि हातेमालो गरेर अघि बढे मात्र कोरोनाको त्रास हट्ने बताउनुभयो। यश कार्यमा पानी, विस्कुट, फुर्टि दिएर सहयोग गर्नुहुने अभियान्ता अनु श्रेष्ठ९परियार ०र ईमिशा अधिकारी प्रति सम्मान जनाएका छन ।थापा ले यशअघि सडक र मजदुरहरुका लागि मास्क बितरण गर्दै आइराखेको जनाकारि दिनुभयो ।

तपाईको प्रतिक्रिया