काठमाडौँ – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण नेपालमा दिनदिनै संक्रमणको संख्या थपिदै छ । यस संकटको घडिमा नेपाल सरकारले आफ्ना नागरिकहरुको स्वास्थ्यलाइ ध्यानमा राखी मुलुकभर लकडाउनको समय अबधिलाइ झन् झन् लम्ब्याउदै गएको छ । यस विषम परिस्थितिमा दैनिक ज्यालादारी गर्ने मजदुर, सडकपेटीमा बस्ने बेसहारा, असाहयहरु राहतको पर्खाइमा भौतारिरहेका छन् । एक छाक खानको लागि उनीहरु कोहि मनकारी दाताहरुको आगमनमा आँखा बिच्छाईरहेका हुन्छन । यस्तै सडकलाई घर बनाएर बेसहारा, पिडित भएकाहरुको लागि मानब जिबनको रक्षार्थ, भोक भोकै तड्पिनु नपरोस भन्ने हेतुले गोरखनाथ मठ आश्रम हाँडीगाउँका त्यागि सन्त, गोरखनाथका भक्तहरुले दैनिक करिब ९०० (नौ सय) व्यक्तिहरुलाई साकाहारी भोजन खुवाउदै आएको छ । यस त्रासदीपूर्ण समयमा समेत आफुलाई सुरक्षित बनाउदै तथा आफ्नै सन्त चेला तथा भक्तजनको सहयोगमा काठमाडौँको सडकपेटीमा बेसाहारा बनेका भोका पिडितहरुलाई २ छाक खाना खुवाउदै आएको कुरा उक्त आश्रमका महाराज बिश्व नाथ बाबाले जानकारी गराउनु भयो । उक्त अभियानमा जागो गोरक्ष जागो युवा समुहले साथ् र सहयोग गर्दै आएको छ ।

महाराज बिश्व नाथ बाबाको यस महान अभियानलाइ देउराली न्युज र देउराली मिडियाले समेत साथ् दिदै आएकी उक्त अभियानकि सहकर्मी संचारकर्मी तथा निर्देशक सुचित्रा श्रेष्ठले बताउनुभयो । नयाँ बर्षको सुरुवातमा काठमाडौंको टुडिखेल बाट प्रत्यक्ष रुपमा जोगि साधु सन्तहरुलाई एक गरि रास्ट्र गीत गाउने कार्यक्रमको गरिनुको साथ् गोरखनाथको मन्त्रपनी उच्चारण गरिएको थियो। साधु सन्त,महात्माहरु गित संगित र कलामा नभिजेका ब्यक्तित्वहरुले यसरी देशको नाममा र विश्व कोरोनामुक्तिका लागी यसरी आज उत्रिएको कुरा गोरखनाथका चेला महाराज बिश्व नाथले बताउनु भयो ।

हाम्रो इच्छाशक्ति भए जुनसुकै अफ्ट्यारोलाईपनी सहज रुपमा लिन सकिने महाराज बिश्व नाथ बाबाले बताउनु भयो । यदि यस महान कार्य तथा मानाबसेवामा तपाईहरु पनि जोडिन चाहनुहुन्छ अथावा सहयोगी हात मार्फत हातेमालो गर्न चाहनुहुन्छ भने गोरखनाथ मठ आश्रम हाँडीगाउँमा सम्पर्क गर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया