सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको बिश्वब्यापी कविता प्रतियोगिता – २०७६ कोनतिजा प्रकाशन भएको छ । नेपाली साहित्यको बिकास,प्रबर्धन र उत्थानमा टेवा पुर्याउने उद्देश्यकासाथ सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गर्दै आएको बार्षिक प्रतियोगितात्मकआयोजनाको दोश्रो शृङ्खला अन्तर्गतको विश्वप्यापी कविता प्रतियोगिता – २०७६ को निर्धारितमितिमा प्राप्त ३२० कविताहरुमध्य तिन सदस्यीय मुल्याङ्कन समितिद्वारा छनौट भई आएकासबोत्कृष्ट एक कविता सहित १० उत्कृष्ट कविता प्रतिष्ठानले सार्बजनिक गरेको हो । प्रतिष्ठानलेप्रतियोगिताको शुरुमा जारी गरेको सूचनामा बताए अनुसार नै नव बर्ष २०७७ को पहिलो दिनमैप्रतियोगिताको नतिजा सार्बजनिक गरेको छ ।

प्रतिगोगितामा रौतहटका कवि मनोज बिश्वकर्माको हजारौँ हातको हस्ताक्षर शिर्षकको कवितासर्वोत्कृष्ट भएको छ । सुनसरीका सुरज पराजुली, काठामाण्डौका राजु झल्लु प्रसाद, झापाकि इन्दुभट्टराई, लमजुङका प्रज्वल अधिकारी, भोजपुरका आत्माराम कोभोगो, अर्घाखाचीका असिम सागर, पर्वतका टिएन भट्ट, सन्खुवासभाका सिजन श्रेष्ठ, रामेछापकी कल्पना तामाङ र चितवनका बुद्धिबलश्रेष्ठका कविताहरु उत्कृष्ट १० मा पर्न सफल भएका छन । प्रतिष्ठानको तिन सदस्यीय मुल्याङ्कनसमितिमा कवि मनप्रसाद सुब्बा, कवि श्रवण मुकारुङ र कवि डा.राम प्रसाद ज्ञवाली रहेका थिए।

प्रतिष्ठानले उत्कृष्ट २५ कविताहरु सहित बिश्वभरी छरिएर रहेका नेपाली काब्य साहित्यमा कलमचलाउदै आउनुभएका ५१ कविहरुका कविता समाबेश गरि यथाशिघ्र पुस्तक प्रकाशन गरेर कृतिबिमोचनको दिन सर्वोत्कृष्ट कविलाई पुरस्कार र अन्य उत्कृष्ट १० कविहरुलाई सम्मानपत्रका साथसम्मान गरिने समेत जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने कविले नगद रु. पच्पन्न हजार पाँचसय पच्पन्न ( ५५,५५५) सहित प्रमणपत्र प्राप्त गर्नेछन ।

तपाईको प्रतिक्रिया