काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले लकडाउन लम्व्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रिले जानकारी गराएका हुन् ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको जनाइएको छ । त्यस्तै बैठकले वैशाख १८ गतेसम्म सीमानाका पनि बन्द गर्ने निर्णय गरेको एक मन्त्रिले जानकारी दिए ।

कोरोनाका संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको अवधी बढाइएको सरकारले जनाएको छ । अहिलेसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया