काठमाडौ – काठमाडौं जिल्ला प्रशासनले सवारी पास वितरण बन्द गरेको छ। कार्यालयले आज एक सूचना प्रकाशन गरी परिवारको मृत्यु सदस्यको संस्कारमा जानेबाहेक अन्य प्रयोजनको लागि सवारी पास वितरणमा रोक लगाएको जनाएको हो। पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड बढेकोले लकडाउनसमेत उल्‍लंघन हुने अवस्था भएकाले बुधबारदेखि पास वितरण कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले सूचनामा बताएको छ।

सूचनाका अनुसार परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाई बाहे अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने स्पष्ट पारेको छ। कोरोना भाइरस दृष्टिगत गर्दै सरकारले वैशाख १५ गतेसम्म लकडाउन घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया