काठमाडौँ – बिगत २ दशक देखि सौन्दर्य पेशामा अहोरात्र सेवा प्रदान गर्दै आएकी रोज शिप बिकाश तालिम केन्द्रकि अध्यक्ष, समाजसेवी तथा बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले यस अबधि सम्म आउदा करिब ८००० बेरोजगार व्यक्तिलाइ तालिम दिएर आत्मानिर्भर र स्वरोजगार बनाएकी छिन । काठमाडौँको रविभवनमा आफ्नै २ वटा घरलाई ट्रेनीङ सेन्टरमा परिणत गरेकी उनले ब्युटिसियनको अलावा सिलाइ-बुनाइ, हस्तकलाको समेत तालिम प्रदान गर्दै आएकी छिन ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) ले गर्दा संसारनै लकडाउनमा परेको छ । लाखौं जनशक्ति बेरोजगार बनेको छ । नेपालको मात्र नभएर विश्वको अर्थतन्त्रनै धरासायी बनेको अबस्थामा त्यसको असर सम्पूर्ण मानबजीवनमा प्रत्यक्ष रुपमा परेको छ । यधपी यस संकटको घडिमा समेत हामि जिम्मेवार नारि भएको कारणले घरमा नै सुरक्षित तबरले आफुले सिकेको शिपलाई सदुपयोग गर्न सकिन्छ । ईन्टरनेटको पहुँचले संसारलाई एक मुट्ठीमा बाधेको अबस्था हामीले नयाँ नयाँ जानकारीहरु गुगल र युट्युब मार्फत पनि लिन सक्छौ भने घरमानै बसेर नयाँ प्रबिधि सिकेर त्यसलाई उपयोग समेत गर्न सकिन्छ । यदि तपाई संग सिलाइ-बुनाइ, हस्तकला तथा सौन्दर्य क्षेत्रको दक्षता छ भने त्यसलाई अझ निखारता ल्याउदै भोलिको दिनमा आज सिकेको शिप उपयोग गर्न सकिनेछ ।

यस लकडाउनको समयमा सुतेर तथा त्यतिकै बस्नु भन्दा घरभित्रनै आफुले सिकेको शिपलाई अझ परिमार्जन गर्न सक्यो भने आफुलाई समेत आफ्नो क्षेत्रमा दक्षता हासिल गर्न कठिनाइ नपर्ने बरिष्ट सौन्दर्यबिद सोनी कारंजितको भनाइ छ । आजकल कसरि दिन बिताउदै हुनु हुन्छ भन्ने एक प्रश्नमा सोनी भन्छिन : म आजकल यस लकडाउनको समयमा पनि आफुले सिकेको शिपहरु जस्तै गमला बनाउने, होम मेड साबुन झोल बनाउने, हस्तकलाका सामानहरु बनाउने, सिलाइ बुनाइमा नयाँ डिजाइनहरु तयार पार्ने, सौन्दर्य क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रबिधिहरुको इन्टरनेटको माध्यम मार्फत जानकारी लिने, सौन्दर्य सम्बन्धि लेखहरु पढ्ने र यदि कसैले अनलाइन तथा फोन मार्फत केहि शिपको जानकारी लिन खोजेमा आबश्यक सल्लहा सुझाब तथा आफुले जानेको शिपको बारेमा जानकारी प्रदान गर्दै आएको उनि बताउछिन ।

अब महामारी पछि आउने दिनहरु अझ कठिनाइ पूर्ण तथा प्रतिश्प्रधात्मक हुने भएकोले हामीले नयाँ नयाँ कुराको जानकारी तथा ज्ञान हासिल गर्नुपर्ने आजको आबश्यकता रहेको उनको भनाइ छ । उनि भन्छिन यस विषम परिस्थितिमा सर्बप्रथम आफुलाई सुरक्षित राख्नु पर्ने र आफु संग भएको खालि समयलाइ समेत सहि सदुपयोग गर्दा भोलिको भबिष्य सुनिश्चित हुनेमा उनि बिश्वत छिन ।

अन्त्यमा यस कोरोना भाइरसको महामारी बाट जोगिन घर भित्रनै सुरक्षित तबर संग बस्न र नेपाल सरकारले आदेश गरेको निर्णय र विश्व स्वास्थ्य संगठनको आधिकारिक जानकारीलाइ पालना गर्न सौन्दर्यकर्मी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु समक्ष आग्रह गरेकी छिन । उनले सौन्दर्य क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै कदर स्वरुप दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड र सम्मान समेत प्राप्त गरिसकेकी छिन ।

तपाईको प्रतिक्रिया