काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण बलिउडका अभिनेता र अभिनेत्रीहरु अहिले फुर्सदिला भएका छन् । लकडाउनका कारण फिल्मी कामहरु ठप्प भएपछि सबै कलाकारहरु घरमे परिवारसँग सबय बिताइरहेका छन् ।

यस्तै बलिउडकी चर्चित अभिनेत्री कंगना रनावत पनि लकडाउनका कारण घरमै छिन् । लकडाउनका कारण फिल्मका कामहरु नहुँदा उनलाई समय बिताउन गाह्रो भइरहेको छ । उनले यस समय समय बिताउन घरमै तास खेल्न थालेकी छिन् । उनलाई अहिले तासको लत नै लागेको छ ।

उनी यतिबेला मनालीमा तास खेलेर आफ्नो समय बिताइरहेको भारतिय मिडियामा बताइएको छ । हालै कंगनाले आफुले तास खेलेको एक तस्बिर शेयर गरेकी छिन् । उक्त तस्बिरमा उनले परिवारसँग तास खेलेकी छिन् । शेयर गरेको तस्बिरमा फ्यानहरुले बिभिन्न कमेन्ट गरेका छन् ।

तपाईको प्रतिक्रिया